प्रदेश

    Showing ५१-६० of ८३ items.
  • आन्तरिक स्रोतबाट अतिरिक्त बिकाश निर्माण

    जनक पाण्डेमोरङ्ग / पथरी–शनिश्चरे नगरपालिका अन्तर्गतको ५ नं. वडा पालिकाको बजेट बाहेक नै वडाबासी आफूहरुले जुटाएको आन्तरिक स्रोतको सदुपयोग गर्दै थप अतिरिक्त बिकाश निर्माण कार्यमा जुटेका छन् । दाताहरुको सहयोग लगायत अन्य सामाजिक सहयोगबाट प्राप्त आन्तरिक स्रोतबाट नै अतिरिक्त योजनाहरु सम्पन्न गर्ने लक्ष्य सहित वडामा छनौट भएका स्थानहरुमा सामुदायीक भवन र चिल्ड्रन पार्क बनाईने पथरी शनिश्चरे नगरपालिका, ५ नं. वडाका अध्यक्ष जोगबहादुर धिमालले बताउनुभएको छ । त्यस्तै बक्राहानदी शव दाहसंस्कार घाटमा मलामी प्रतिक्षालय पनि निमार्ण गरिने अध्यक्ष धिमालले जानकारी दिनुभएको छ । २०७३ सालमा आयोजना गरिएको श्री मद

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • ४०१ पटक पढिएको
    • "नेपाल रेखा"
  • संसद रामकुमारी चौधरीको नेतृत्वमा शहीद स्मृति विद्यालय परिसरमा सरसफाई

    इटहरी । सुनसरीको इटहरी १९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालय परिसरमा सोमबार बिहान सरसफाई गरिएको छ । संघिय संसद तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश १ संसद उमिता बिक, संविधानसभा सदस्य सन्तोष थारुको नेतृत्वमा सो विद्यालय परिसरमा सरसफाई गरिएको हो । सरफाई कार्यक्रममा १९ नम्बर वडा अध्यक्ष श्री नारायण चौधरी, सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरी, प्रधानाध्यापक शिवचन्द्र राई, शिक्षक रिता फूयल साथै विद्यालयका अन्य कर्मचारी वर्गको समेत सहभागिता रहेको थियो । शहीद स्मृति विद्यालय परिसर सरफाई गर्न धरानबाटसमेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता, कार्यकर्ताहरु आएका थिए

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • ७६८ पटक पढिएको
    • "नेपाल रेखा"
  • रामु पोख्रेल राप्रपाको केन्द्रीय नेतृत्वमा

    नेपालरेखा / इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पु¥याईएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ । हालै चयन गरिएका नयाँ केन्द्रीय सदस्यहरूमा इटहरीबाट युवा समाजसेवी तथा राजनीतिक

    • प्रकाशित मितिः आश्विन २६, २०७७
    • ३३० पटक पढिएको
    • "नेपाल रेखा"
  • ढिलासुस्ती गर्ने संघ र प्रदेश दोष पाउने स्थानीय तह

    नेपालरेखा / इटहरी । संघीय र प्रदेश सरकार स्तरका योजना र बजेट आउन ढिलाई हुदा त्यसको असर स्थानीय तहमा पर्ने गरेको छ । संघ र प्रदेश स्तरबाट आउने योजना र बजेटमा आलटाल, ढिलासुस्ती हुदा बिगतमा स्थानीय तहहरुले बनाउने योजना र बजेट नै प्रभावित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले संघीय र प्रदेश सरकारले रकम ढिलो पठाउदा योजना सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बताएका छन् । ‘आर्थिक बर्ष अन्त्य हुन लाग्दा स्थानीय तहमा माथिका योजना बजेट आईपूग्छ अनि कसरी हामीले समयमा काम सम्पन गर्ने ?’ न्यौपानेले गुनासो पोखे– समयमा काम नसके दोष स्थानीयत

    • प्रकाशित मितिः आश्विन २६, २०७७
    • ५२१ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा मुख्यमन्त्री ड्यासबोर्ड संचालनमा

    विराटनगर । प्रदेश नम्बर १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो । ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित यो

    • प्रकाशित मितिः श्रावण ९, २०७७
    • २३६ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट

    विराटनगर । प्रदेश नं. १ सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभाको सोमबारको बैठकमा सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७÷७८ को बजेटमा चालूतर्फ रु १८ अर्ब ९३ करोड ४९ लाख ९३ (४६ दशमलव २९ प्रतिशत) र पूँजीगततर्फ रु २१ अर्ब ९२ करोड ५० लाख चार हजार (५३ दशमलव ७१ प्रतिशत) विनियोजन गरेको छ । त्यस्तै वित्त व्यवस्थातर्फ रु चार करोड तथा अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ दुई अर्ब ८८ करोड ८२ लाख ४५ हजार बजेट विनियोजन गरेको छ । आयतर्फ आन्तरिक स्रोतबाट रु चार अर्ब ७५ करोड सात

    • प्रकाशित मितिः असार १, २०७७
    • ३३५ पटक पढिएको
    • "नेपाल रेखा"
  • कोरोनाबाट बेरोजगार भएकाहरुको तथ्यांक संकलन गरिदै

    इटहरी । कोविड १९ का कारण प्रभावित भई स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका प्रदेशका नागरिकहरुको तथ्यांक संकलन शुरु गरिएको छ । कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक अनलाइनबाट संकलन सुरु गरिएको हो । तथ्यांक संकलन गर्ने कामको मंगलबार मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभयो । गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । तथ्यांक फारम जततउकस्ररजभउिष्लिभ।उज्ञ।नयख।लउ मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रद

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • ३११ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश १ को नीति कार्यक्रमः मेरो कृषि, मेरो पौरख

    विराटनगर । प्रदेश नम्बर १ को सरकारका तर्फबाट प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले आर्थिक वर्ष २०७७÷७८ का लागि सो कार्यक्रम सदनमा प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारीद्वारा सिर्जिएको सङ्कटबाट प्रदेशलाई मुक्त गर्नु प्रदेश नं १ सरकारको पहिलो दायित्व हुने हुने उल्लेख छ । नीति कार्यक्रममा आगामी आर्थिक वर्ष २०७७÷७८ मा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने उल्लेख छ । कोभिड–१९को नियन्त्रण, रोकथाम र उपचार कार्यमा खटिने स्वास्थ्यकर्मी, अन्य

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • ३३९ पटक पढिएको
    • "नेपाल रेखा"
  • तिब्बतबाट सात करोडभन्दा बढीको स्वास्थ्य सामग्री प्रदेश १ सरकारलाई प्राप्त

    विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले नेपालको प्रदेश नम्बर १ सरकारलाई रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल चीन कार्यकारी परिषद् प्रदेश नं १ का संयोजक मुकेश उपाध्यायले सोमबार यहाँ आयोजित एक समारोहबीच मुख्यमन्त्री शेरधन राईलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि उच्च सतर्कता अपनाएको उल्लेख गर्दै सरकारले गरेको उच्च प्रयासका कारण नै कोरोनाको उपचार एवं रोकथाममा सफलता प्राप्त गरेको बताउनुभयो । तिब्बत सरकारबा

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • ३६२ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने

    इटहरी । कोरोना संक्रमित बढ्दै गएपछि प्रदेश नम्बर १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने भएको छ ।प्रदेश १ मा शुक्रबार सम्म कूल संक्रमितको संख्या ८५ पुगेको छ ।मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गर्दै ४० हजार बढीको पीसीआर परिक्षण गराइने भएको हो ।भारतबाट फर्किएका र आगामी दिनमा फर्किनेहरूको पहिचान गर्दै परीक्षणको दायरा बढाउने बैठकले निर्णय गरेको हो ।दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्ने गरी जनशक्तिसहितको व्यवस्थापन गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । स्

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • २२८ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]