कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड ६३ लाख

  • असार २, २०८१ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ३५ अर्व २७ करोड ६३ लाख रुपैयाको वजेट विनियोजन गरेको छ । कोशी प्रदेससभामा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेससभाको वैठकमा उक्त वजेट प्रस्तुत गरेका हुन् ।
    वजेटले व्यवसायिक कृषि उत्पादन, उद्योग वाणिज्य तथा सहकारीको विकास, सडक पूर्वाधारको विकास, सहरी विकास योजना, खानेपानी तथा उर्जा विकास, नदि कटान नियन्त्रण रोकथाम योजना, शिक्षा तथा स्वास्थ्य सेवा विस्तार, शैक्षिक सुधार खेलकुद तथा भौतिक पूर्वाधार तथा पर्यटन तथा वनक्षेत्र साथै संचार क्षेत्रको विकासलाई जोड दिएको छ । विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख छ । पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख हुँदा वित्तीय व्यवस्थापन ४ अर्ब ५८ करोड ५० लाख रहेको छ । प्रदेशभर रहेका १३७ पालिकाहरूलाई विभिन्न अनुदानतर्फ भने कोशी सरकारले ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा यो वर्ष केहि सानो आकारको बजेट प्रस्तुत भएको छ ।अघिल्लो पटक आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए । तत्कालीन मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षका २०८०–८१ का लागि अध्यादेशमार्फत ३६ अर्ब २४ करोडको बजेट ल्याएका थिए ।तर पछि, कार्कीले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्दै तत्कालीन मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्षका लागि ल्याएको ३६ अर्ब ७४ करोडको बजेट पास भएको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]