कानून निर्माणमा स्वार्थ समूहको घेराबाट मुक्त हुन सुझाव

  • मंसिर १६, २०८० / नेपाल रेखा
alt

राजन केडी
इटहरी । प्रदेशमा कानून निर्माण गर्दा निहित स्वार्थका आधारमा नभई जनअपेक्षित कानून निर्माण हुनुपर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।
वक्ताहरुले जनताको अभिमतको नाममा कानून निर्माण गर्दा दातृ संस्था वा निहित स्वार्थ समूहको चौघेराबाट मुक्त हुनुपर्नेमा जोड दिएका हुन् ।
गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसीएसन नेपालले शनिबार सुनसरीको इटहरीमा आयोजना गरेको प्रदेश कानून निर्माण र कार्यान्वयन विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुले बृहत छलफल, अनुसन्धान गर्नुपर्ने, कानूनविदहरुसंग राय, सुझाव लिनुपर्नेमा जोड दिएका छन् ।
अधिवक्ता दर्शनकर्ण राईले प्रस्तुत गरेको कार्यपत्रमा अधिवक्ता एवम् सहभागीहरुले धारणा राख्दै दीर्घकालीन प्रभाव रहने र कार्यान्वयन हुनसक्ने कानून निर्माणमा ध्यान दिन प्रदेशसभालाई सुझाव दिएका छन् ।
कार्यपत्रमार्फत अध्यादेशको साहरा लिने प्रचलनलाई निरुत्साहित गर्नुपर्ने, जनउपयोगी कानूनको निर्माण, कानून निर्माणसम्बन्धी विधीशास्त्रीय मान्यतालाई आत्मसात गर्नुपर्नेजस्ता सुझावहरु प्रदेशसभालाई दिएको छ ।
कानूनले जनताको चाहना बमोजिमको विकास र समुदायको संस्कृतिको संरक्षण, सम्वद्र्धन र रक्षा गर्नुपर्ने पनि कार्यपत्रमा जोड दिइएको छ ।
कार्यक्रममा नेपाल कन्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सचिव एवम् पूर्वमन्त्री चक्रपाणी खनाल (बलदेव)ले राजनीतिक चेतनाले पूराना कानूनलाई परिवर्तन गरेपनि समाजले त्यसलाई स्वीकार गर्न नसकेको बताए । कानून निर्माण र कार्यान्वयनको अवस्था देखाएर व्यवस्थामाथि प्रहार गर्नेहरुलाई परास्त गनुपर्ने अहिलेको आवश्यकता भएको उनको जोड थियो ।
कार्यक्रममा कोशी प्रदेशकी निवर्तमान उपसभामुख सरस्वती पोखरेल, निवर्तमान प्रदेशसभा सदस्य उमिता विश्वकर्माले आफूहरुको कार्यकालमा ६२ वटा कानून निर्माण भएको जानकारी दिएका थिए । उनीहरुले फास्ट ट्रयाकबाट कानूनले ल्याउने प्रचलन गलत भएको बताए ।
त्यसैगरि प्रदेशसभा सदस्य सपना परियारले कानून व्यवसायीहरुले दिएको सुझावलाई प्रदेशसभाले आत्मसात गर्ने बताइन् । परियारले प्रदेशसभाले निर्माण गर्ने कानूनले विभिन्न तह तप्कामा हुने विभेदको अन्त्य र न्यायको सर्वसुलभता हुने बताइन् ।
कार्यक्रममा अधिवक्ताहरु भरत कटवाल, मानबहादुर रुम्दाली, हिमालध्वज लिम्बू, कला त्रिताललगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

RPLA 2

 

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]