कानून निर्माणमा स्वार्थ समूहको घेराबाट मुक्त हुन सुझाव

  • मंसिर १६, २०८० / नेपाल रेखा
alt

राजन केडी
इटहरी । प्रदेशमा कानून निर्माण गर्दा निहित स्वार्थका आधारमा नभई जनअपेक्षित कानून निर्माण हुनुपर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।
वक्ताहरुले जनताको अभिमतको नाममा कानून निर्माण गर्दा दातृ संस्था वा निहित स्वार्थ समूहको चौघेराबाट मुक्त हुनुपर्नेमा जोड दिएका हुन् ।
गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसीएसन नेपालले शनिबार सुनसरीको इटहरीमा आयोजना गरेको प्रदेश कानून निर्माण र कार्यान्वयन विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुले बृहत छलफल, अनुसन्धान गर्नुपर्ने, कानूनविदहरुसंग राय, सुझाव लिनुपर्नेमा जोड दिएका छन् ।
अधिवक्ता दर्शनकर्ण राईले प्रस्तुत गरेको कार्यपत्रमा अधिवक्ता एवम् सहभागीहरुले धारणा राख्दै दीर्घकालीन प्रभाव रहने र कार्यान्वयन हुनसक्ने कानून निर्माणमा ध्यान दिन प्रदेशसभालाई सुझाव दिएका छन् ।
कार्यपत्रमार्फत अध्यादेशको साहरा लिने प्रचलनलाई निरुत्साहित गर्नुपर्ने, जनउपयोगी कानूनको निर्माण, कानून निर्माणसम्बन्धी विधीशास्त्रीय मान्यतालाई आत्मसात गर्नुपर्नेजस्ता सुझावहरु प्रदेशसभालाई दिएको छ ।
कानूनले जनताको चाहना बमोजिमको विकास र समुदायको संस्कृतिको संरक्षण, सम्वद्र्धन र रक्षा गर्नुपर्ने पनि कार्यपत्रमा जोड दिइएको छ ।
कार्यक्रममा नेपाल कन्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सचिव एवम् पूर्वमन्त्री चक्रपाणी खनाल (बलदेव)ले राजनीतिक चेतनाले पूराना कानूनलाई परिवर्तन गरेपनि समाजले त्यसलाई स्वीकार गर्न नसकेको बताए । कानून निर्माण र कार्यान्वयनको अवस्था देखाएर व्यवस्थामाथि प्रहार गर्नेहरुलाई परास्त गनुपर्ने अहिलेको आवश्यकता भएको उनको जोड थियो ।
कार्यक्रममा कोशी प्रदेशकी निवर्तमान उपसभामुख सरस्वती पोखरेल, निवर्तमान प्रदेशसभा सदस्य उमिता विश्वकर्माले आफूहरुको कार्यकालमा ६२ वटा कानून निर्माण भएको जानकारी दिएका थिए । उनीहरुले फास्ट ट्रयाकबाट कानूनले ल्याउने प्रचलन गलत भएको बताए ।
त्यसैगरि प्रदेशसभा सदस्य सपना परियारले कानून व्यवसायीहरुले दिएको सुझावलाई प्रदेशसभाले आत्मसात गर्ने बताइन् । परियारले प्रदेशसभाले निर्माण गर्ने कानूनले विभिन्न तह तप्कामा हुने विभेदको अन्त्य र न्यायको सर्वसुलभता हुने बताइन् ।
कार्यक्रममा अधिवक्ताहरु भरत कटवाल, मानबहादुर रुम्दाली, हिमालध्वज लिम्बू, कला त्रिताललगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

RPLA 2

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]