इटहरी । नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्ला समितिको बैठक आइतबार सम्पन्न भएको छ । सुनसरीको इटहरीमा सम्पन्न भएको बैठकले गरेको निर्णय सार्वजनिक गर्न सोमबार सो पार्टीले पत्रकार सम्मेलन गरेको छ । यो पार्टीको नेतृत्व नेत्रविक्रम चन्द (विप्लव)ले गरेका छन् । सुनसरीको नेतृत्व डिबी सीले गरेका छन् । सो पार्टीले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा पार्टीका सुनसरी इन्चार्ज डिबी सीले समाजमा भएको जातीय विभेद र धार्मिक भड्कावको अन्त्य गर्न जनचेतनामुलक कार्यक्रम गर्ने बताए । उनले समाजमा बढ्दो महिला तथा श्रमिक समुदाय माथिको हिंसात्मक घटनाह
काठमाडौँ । राष्ट्रिसभाका सांसदहरुले सामाजिक सद्भाव कायम राख्न धरानवासीलाई आह्वान गर्नुभएको छ । राष्ट्रिसभाको आज बसेको बैठकको विशेष समयमा सांसदहरुले धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पुर्याएको भन्दै आपसी भाइचारा र सहिष्णुता कायम गर्न आग्रह गर्नुभएको हो । नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले धरानलगायतका अन्य ठाँउमा आपसी भाइचारा र सामाजिक सदभावलाई खलल पुर्याउने क्रियाकलाप दोहोरिन नदिन आग्रह गर्दै सरकारले यसका लागि थप पहलकदमी लिनुपर्ने बताउनुभयो । “परापूर्वकालदेखि विभिन्न जनजाति, धर्म सम्प्रदाय, संस्कृतिका नागरिकबीच आपसी सम्मान, सद्भाव क
इटहरी । नेकपा (माओवादी) केन्द्र मोरङ अन्तर्गत कटहरी गाउँपालिका कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई प्रभावकारी बनाउन पार्टी केन्द्रीय सदस्य सपना परियारको उपस्थितिमा गाउँ कमिटिका मुख्य नेतृत्वको बैठक राखिएको हो ।प्रदेशसभा सदस्यसमेत रहेकी परियारलाई ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को नेतृत्व गर्न कटहरी गाउँपालिका खटाइएको छ । अभियानको नारा ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ रहेको छ । परियारलाई मोरङकै ग्रामथान गाउँपालिकामासमेत अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । बैठकमा सो पार्टीका मोरङ जिल्ला संय
कुमोद अधिकारी विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि नोना कोइरालाले पुर्याएको योगदानको सदैव स्मरण रहिरहने बताएका छन् । विराटनगरमा आइतबार आयोजित प्रतिष्ठानको साधारणसभाको उद््घाटन गर्दै उनले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र स्थापनाका लागि नोना कोइरालाको योगदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे । नेपालको राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्दछ भन्ने पहिलो महिला नोना कोइराला रहेको उनले उल्लेख गरे । पञ्चायतको प्रतिबन्धित कालमा पनि नोना कोइरालाले प्रजातन्त्र स्थापना र सामाजिक
काठमाडौं । नेकपा (एमाले) ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आ–आफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् । कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा अधिवेशन हुने गौतमले बताए । उनका अनुसार लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ । उहाँले गण्डकी प्रदेशले
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताए। प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे । प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए । प्रधानमन्त्री दाहालले भने, “मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ ।&rdqu
काठमाडौं । संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले सोमबार समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताले अवधारणापत्रमा हस्ताक्षर गर्दै मोर्चा घोषणा गरिएको हो ।अवधारणापत्रमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र न
इटहरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने धारणा व्यक्त गरेका छन् । सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै नै मजदुर आबद्ध भएकाले उनीहरुको पनि सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए । कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकोमा चिन्ता व्यक्त गरे। “संविधानमा हामीले आठवटा क्लष्टरलाई समेटेका छौं,” उनले भने, “श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ । तपाईंहरुको सहयोग भएमा आगामी द
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।” रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै उहाँले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताउनुभयो । सत्तासाझेदार दलका
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई शपथ गराउनुभएको हो ।बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । गत पुस २७ गते नेकपा (माओवादी केन्द्र)सहित दलको समर्थनमा सरकारको नेतृत्व गर्नुभएका नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीले गत सोमबार प्रदेशसभामा दोस्रो पटक प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि उहाँको नेतृत्वको सरकार ढलेको थियो ।