माओवादीको अभियानप्रति मुडीयारी समुदाय आकर्षित

  • कार्तिक १९, २०८० / नेपाल रेखा
alt

इटहरी।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ‘घर घरमा माओवादी जन जनमा माओवादी’ नाराका साथ संचालन गरिरहेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ले मोरङको कटहरीबासी मुडीयारी समुदायलाई आकर्षित गरेको छ ।
माओवादी फेरि आधारभूत वर्गमा फर्किएपछि यो समुदायको पार्टीप्रति आकर्षण बढेको हो ।
अभियानकै सिलसिलामा शनिबार कटहरी ५ को जंगल टोल, राजवंशी टोल र भङसी टोलमा कमिटि गठन गरिएको छ ।
जंगल टोलमा भएको भेलामा मुडीयारी समुदायका दर्जनौ युवा, युवतीहरु नेकपा माओवादी केन्द्रमा संगठित भएका छन् ।
जंगल टोलका बैरा मुडीयारी (परमेश्वर)को अगुवाईमा ईश्वर मुडीयारी, शम्भु राजवंशी (मण्डल), राजु मुडीयारी, गोपाल उराव, अनुज मुडीयारी, फेकली मुडीयारी माओवादीमा संगठित भएका हुन् ।
त्यसैगरि मेनुका मुडीयारी, तारा मुडीयारी, शान्ति मुडीयारी, फुलकुमारी मुडीयारी, सिलु मुडीयारी, रितु मुडीयारी, लिलावती मुडीयारी, मुनीलाल मुडीयारी, अशोक मुडीयारी, महावीर मुडीयारी, चुमेश सरदार, खैब मुडीयारी, मनिष मुडीयारी, प्रिती मुडीयारी, जितेन्द्र मुडीयारी, जनम मुडीयारी, राजेश मुडीयारी, जयकुमार मुडीयारी, बद्रीलाल मुडीयारी पनि माओवादीका संगठित भएका छन् ।
जंगल टोल कमिटिको अध्यक्ष भने जयकुमार मुडीयारी रहेका छन् । सोही टोल कमिटिको उपाध्यक्ष सानोदेवी मुडीयारी, सचिव शम्भु मुडीयारी, सहसचिव ललिता मुडीयारी, कोषाध्यक्ष बबिता मुडीयारी रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा मुनीलाल मुडीयारी, राजेन्द्र मुडीयारी, सरिता मुडीयारी, शुसील मुडीयारी, सुपील मुडीयारी र जितेन्द्र मुडीयारी रहेका छन् ।
अभियानकै क्रममा सुनीताकुमारी राजवंशी, लक्ष्मी राजवंशी, सकुन्तला राजवंशी, चिला राजवंशी, सोनी राजवंशी, शम्भु मण्डल राजवंशीलाई पनि टोल कमिटिमा संगठित गरिएको छ । वडा नं. ५ कै भङ्सी टोलमा पनि कमिटि गठन गरिएको छ ।
कटहरीमा अभियानको नेतृत्व पार्टी केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सपना परियार, सूर्य मुडीयारी, पालिका अध्यक्ष वीरबुद्ध मुडीयारी, बलराम मुडीयारी, जय मुडीयारी, शम्भु राजवंशी, अत्यानन्द राजवंशी, लगायतले गरिरहेका छन् । साथै सुनसरी दुहबीकी माओवादी नेतृ रोजिना खातुन पनि अभियानको क्रममा कटहरी पुगेकी छन् ।

Katahari 5 Katahari

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]