नागरिकपत्रकारिता

    Showing 41-50 of 86 items.
  • मिडियाका नाममा अराजकतालाई मलजल गर्नेलाई कारबाही गरिने

    काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ । गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्यूब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेको र कारबाही गर्दै आएको उहाँले जानकारी दिनुभयो । “आफूलाई मिडियाको परिचय दिइ विभिन्न स्वार्थ पूरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन् । समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारबाहीमा परिरहेका छन्”, बिहीबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नुभयो । उहा

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 128 पटक पढिएको
    • नेपाल रेखा
  • संचारग्रामबाट राजवंशी भाषाको समाचार

    कुमोद अधिकारी, बाबुराम मुडीयारी विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपालको वहुभाषिक नीति अनुरुप रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संचारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण हुनुले भाषा संस्कृतिको विकासमा थप बल पुगेको बताएका छन् । महानगर एफएम रेडियो विराटनगरबाट शुरु भएको राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानमा उल्लेख भए अनुसार वहु साँस्कृतिक वहु धार्मिक नीतिलाई समावेशीकरण गर्दै राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिए । स्थानीय भाषा, सँस्कृति कला, साहित्य गित सं

    • प्रकाशित मितिः साउन १, २०८१
    • 359 पटक पढिएको
    • नेपाल रेखा
  • लोकतन्त्रको रक्षामा अदालत र प्रेस सँगसँगै हिंड्नुपर्ने

    काठमाडौँ । सूचना–प्रविधिको बदलिँदो स्थितिमा न्यायालय र पत्रकारिता विगतमा झै जनताको लोकतान्त्रिक अधिकारको रक्षार्थ एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ ।सर्वाेच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा शनिबार आयोजित ‘अदालती रिपोर्टिङ र सञ्चारमाध्यम’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले पत्रकारले न्यायलयप्रति नागरिकका प्रश्न राख्न तथा न्यायालयले विधि र विवेकसम्म रुपमा न्याय दिन सकेमा समाजको विकासमा मद्दत पुग्ने बताएका हुन् ।कार्यक्रममा सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतले कलमको निबमा भएको अजेय शक्तिलाई पत्रकारले दुरुपयोग गर्न नहुने

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 209 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगर कार्यालयबाट संवैधानिक हक कुण्ठित भएको पत्रकारहरुको गुनासो

    इटहरी । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट जारी गर्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि विभिन्न क्षेत्रका प्रतिनिधिसंग सुझाव संकलन सुरु गरेका छन् ।आगामी बजेटकै विषयमा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीले पनि छलफल थालेकी छन् । बिहीवार उपप्रमुख चौधरीले आफ्नो कार्यकक्षमा इटहरीका पत्रकारहरुसंग छलफल गर्दै सुझावसमेत मागेकी छन् ।छलफलका क्रममा उपप्रमुखसमक्ष पत्रकारहरुले सार्वजनिक सरोकारका सूचना सहजरुपमा पाउन नसक्दा आफ्नो संवैधानिक अधिकार कुण्ठित भएको गुनासो गरेका छन् ।नेपाल टेलिभिजनका पत्रकार सन्तोष यादवले नगर प्रवक्ता र प्रेस संयोजकबाट आफूले च

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 272 पटक पढिएको
    • नेपाल रेखा
  • सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार – राष्ट्रपति रामचन्द्र पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताउनुभएको छ ।राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताउनुभयो ।“लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत ग

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 238 पटक पढिएको
    • नेपाल रेखा
  • सूचना प्रविधि क्षेत्रका प्रगति र चुनौती

    नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवसका रूपमा मनाउँदै आइरहेको छ । यसवर्ष राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सातौँ संस्करण ‘समृद्ध नेपालको आधारः सूचना प्रविधि र सञ्चार’ भन्ने नाराका साथ मनाइदैँछ । सूचना तथा सञ्चार प्रविधिलाई विश्वव्यापी रूपमा नै सामाजिक–आर्थिक विकासको प्रमुख आधार र उत्प्रेरकको रूपमा लिइएको छ । इन्टरनेटको विश्वव्यापी सञ्जाल र बढ्दो पहुँच, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका नवीनतम् प्रविधिको तीव्र विकास, सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको क्रमिक रूपमा व्यापक प्रयोग आदिले पनि यस क्षेत्रको महत्त्व दर्साउँछ । नेपाल

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 327 पटक पढिएको
    • नेपाल रेखा
  • अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

    काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो । यसलाई अहिले कांग्रेसले अनुमोदन गरेको छ र प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको डेस्कमा पुगेको छ । अमेरिका र अन्य पश्चिमी अधिकारीहरूले युवामाझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै यसले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूमाथि जासुसी गर्ने अनुमति दिने आरोप लगाएका

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 157 पटक पढिएको
    • नेपाल रेखा
  • ‘गणतन्त्रको मूल मर्मलाई आत्मसात गरी रेडियो नेपालले समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ’

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई आत्मसात् गरी रेडियो नेपालले समाचार, कार्यक्रम र सन्देश सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । रेडियो नेपालको ७४आँै वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले रेडियो नेपालले गाउँ, सहर र दूरदराजका बस्तीसम्म पुगी युग सुहाउने सूचना र सञ्चारको भरपर्दो, निष्पक्ष, स्वतन्त्र र प्रभावकारी माध्यम बन्नसक्नुपर्ने बताउनुभयो ।नेपाल सरकारको शतप्रतिशत भूभागमा रेडियोको पहुँच पुर्याउने लक्ष्यअनुरुप हालसम्म ९३ प्रतिशत जनसङ्ख्यामा पहुँच पुर्याउन सफल भएको सुन्दा खुसी लागेको उल्ले

    • प्रकाशित मितिः चैत २०, २०८०
    • 190 पटक पढिएको
    • नेपाल रेखा
  • नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको उपयोग

    ललितपुर । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ललितपुरमा भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक अन्तक्र्रियामा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारीरुपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिएका हुन् । अन्तक्र्रियामा कार्यपत्र प्रस्तुत गर्नुहुँदै माओवादी केन्द्र प्रचार विभागका सहइञ्चार्ज महेश्वर दाहालले पत्रकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्न सामाजिक सञ्जालको सही तरिकाल

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 113 पटक पढिएको
    • नेपाल रेखा
  • एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताउनुभएको छ ।प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिनुभयो । समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गर्नुभएको थियो । समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ ।

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 99 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]