लोकतन्त्रको रक्षामा अदालत र प्रेस सँगसँगै हिंड्नुपर्ने

  • असार ३०, २०८१ / नेपाल रेखा
alt

काठमाडौँ । सूचना–प्रविधिको बदलिँदो स्थितिमा न्यायालय र पत्रकारिता विगतमा झै जनताको लोकतान्त्रिक अधिकारको रक्षार्थ एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ ।
सर्वाेच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा शनिबार आयोजित ‘अदालती रिपोर्टिङ र सञ्चारमाध्यम’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले पत्रकारले न्यायलयप्रति नागरिकका प्रश्न राख्न तथा न्यायालयले विधि र विवेकसम्म रुपमा न्याय दिन सकेमा समाजको विकासमा मद्दत पुग्ने बताएका हुन् ।
कार्यक्रममा सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतले कलमको निबमा भएको अजेय शक्तिलाई पत्रकारले दुरुपयोग गर्न नहुने र न्यायालयले विकृति, विसङ्गतियुक्त रुपमा आफ्ना गतिविधि गर्नुपर्ने बताए । “मिडियाले देखेको सत्य कुरा निष्कलङ्क रुपमा लेख्नुपर्छ, कसैलाई खुइल्याउने नियतले समाचार लेखेमा वा अदालतको हुर्मत लिने काम भएमा उदार लोकतन्त्रको मून्य र मान्यता बचाउन सकिँदैन, त्यस्तो अवस्थामा प्रेस स्वतन्त्रताको पनि रक्षा हुन सक्दैन”,न्यायाधीश राउतले भने,“प्रेस र न्यायालयबीच सहकार्य बढाउन हामी तयार छौँ, त्यो सहकार्य नियोजित स्वार्थमा आधारित नहोस् भन्ने हाम्रो चाहना हो ।” सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयाँलले संविधानमा सूचनाको हक र प्रेस स्वतन्त्रताको हकको व्यवस्था गरिएकाले त्यसको सही कार्यान्वयनका लागि न्यायालय तथा पत्रकारिताबीचको दोहोरो संंवाद आवश्यक रहेको बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको सारथिका रुपमा प्रेस रहेको जनाउँदै प्रेसमाथि कुनै पक्षले हस्तक्षेप गरेमा बचाउन सक्ने थलो नै अदालत भएको स्पष्ट गरे ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं मञ्चका पूर्वअध्यक्ष शिव गाउँलेले नागरिकका पक्षमा अदालतमाथि प्रश्न गरिरहन सक्ने गरी सत्य र तथ्यपूर्वक पत्रकारिता गर्नुपर्नेमा जोड दिए । नेपाल बार एशोसिएशनका महासचिव अञ्जिता खनालले अदालती प्रयोगमा रहेका भाषा र नजिरहरुको अध्ययन गरेर पत्रकारिता गर्दा त्यो सार्थक हुने सुझाव दिए । मञ्चका अध्यक्ष कालिका खड्काले अदालत र मञ्चको सहकार्यमा अदालती समाचार सङ्कलनका लागि दिग्दर्शन तयारी भइरहेकाले त्यसमा सुझावका लागि छलफल राखिएको जानकारी दिइन् । मञ्चका पूर्वअध्यक्ष यम विरहीले उक्त दिग्दर्शनको मस्यौदामा समेटिने विषयवस्तुबारे प्रस्तुतिकरण गरेका थिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]