कुमोद अधिकारी, बाबुराम मुडीयारी
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपालको वहुभाषिक नीति अनुरुप रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संचारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण हुनुले भाषा संस्कृतिको विकासमा थप बल पुगेको बताएका छन् ।
महानगर एफएम रेडियो विराटनगरबाट शुरु भएको राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानमा उल्लेख भए अनुसार वहु साँस्कृतिक वहु धार्मिक नीतिलाई समावेशीकरण गर्दै राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिए ।
स्थानीय भाषा, सँस्कृति कला, साहित्य गित संगितको संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्य अनुरुप स्थापना भएको संचारग्रामले अन्य सेवा अतिरिक्त राजवंशी भाषा समाचार प्रसारण गर्नु खुशीको कुरा भएको उल्लेख गर्दै उनले यस्ता खालका भाषा तथा कार्यक्रमलाई आगामी दिनमा अझ विकास एवम् विस्तार गर्दै जानुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महानगर प्रमुख कोइरालाले तारिणी प्रसाद कोइरालाको जिवनीमा आधारित वृतचित्र प्रदर्शनी देखि स्थानीय भाषको गित संगित रेकर्डिङ गर्दै आएकोमा यस्ता कुरालाई जनसमुदाय समक्ष पु¥याउदै स्थानिय स्तरमा रोजगारी मुलुक कार्यक्रम संचालन गर्न संचारग्रामलाई महानगरले सघाउ पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई संवोधन गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक एवम् संचारग्राम संचालक समितिका अध्यक्ष बुद्धिबहादुर केसीले आगामी आर्थिक वर्षमा संचारग्राममा तारिणी प्रसाद कोइरालाको शालिक स्थापना गर्ने र संचारग्राम मार्फत मोवाइल एप तथा वेभसाइट संचालनमा ल्याउने जानकारी गराए ।
उनले हालसम्म नेपाल सरकारले संचारग्राम संचालनका लागि गरेको सहयोगको सह्राना गर्दै संचारग्रामबाट ई–लाइवे्ररी, रेडियो म्युजियम संचालन साथै गित संगित प्रशिक्षण तथा संचारकर्मीको क्षमता अभिवृद्धि गर्न र विभिन्न भाषाको गित संगित रेकर्डिङ प्रारम्भ भइसकेको जानकारी गराए। आगामी दिनमा महानगरपालिकाको सहयोगमा उद्देश्य अनुरुप संचारग्रामले थप क्रियाकलाप गर्दै जाने उनको भनाई थियो । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले संचारग्रामबाट राजवंशी भाषाको समाचार प्रसारण हुनु सवैका लागि खुशिको कुरा भएको उल्लेख गर्दै संचारकर्मीले लुकेका प्रतिभालाई उजागर गर्दै समाचार सम्प्रेषण गर्दै जानुपर्नेमा जोड दिए ।
तारिणी प्रसाद कोइराला स्मृति संचारग्रामका निर्देशक पुष्करराज गौतमले संचारग्रामले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी गराउदै संचारग्रामलाई दिर्घकालिन रुपमा अघि वढाउन थप सेवा विस्तार गर्न लागेको बताए ।
कार्यक्रममा तारिणी प्रसाद कोइराला परिवारका सदस्य इन्दिरा कोइरालाले तारिणी प्रसाद कोइरालाले रेडियो प्रसारणमा पु¥याएको योगदानको चर्चा गर्दै आफ्नो परिवारको तर्फबाट संचारग्रामलाई सक्दो सहयोग गर्ने बताए ।
नेपाल ट्रेडयुनियन कांग्रेस पूर्व केन्द्रिय अध्यक्ष लक्ष्मणबहादुर वस्नेतले सवै जातीय समुदायलाई आफ्नो भाषाको अपनत्व महसुस गराउन सके समग्र मुलुकको विकास हुने धारणा राखे ।
कार्यक्रममा संचारग्राम विराटनगरका प्रमुख बलाराम चौधरीले संचारग्रामको उद्देश्य माथि प्रकाश पारेका थिए ।
नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, राजवंशी समाज विकास समितिका विराटनगरका महासचिव चन्द्रप्रसाद राजवंशी तथा समितिका केन्द्रिय सल्लाहकार पानीलाल राजवंशीले भाषा साहित्यको विकासमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।
कार्यक्रमको सहजिकरण संचारग्रामका वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालले गरेका थिए ।
सो अवसर महानगरपालिकाका प्रमुख नागेश कोइराला र रेडियो नेपालको कार्यकारी निर्देशक वुद्धिबहादुर केसीले संयुक्त रुपमा शिलालेख अनावरण गर्दै राजवंशी भाषा समाचार प्रसारणको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा राजवंशी, मुडियारी, मधेशी थारु लगायत विभिन्न जातिय समुदाय तथा संघसंस्था प्रतिनिधिको सहभागिता थियो । राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउसो १ वजेर ४५ मिनेटमा प्रसारण हुने छ ।