जनक पाण्डेसुनसरी÷मुलुकमा कोरोना संक्रमणको ग्राफ बढेसंगै अहिले स्थानीय स्तरमा समेत खोपबारे नागरिकहरुको चासो र चिन्ता बढ्न थालेको छ । मोरङ्गमा पहिलो डोजको खोप लगाएका नागरिकहरु दोस्रो डोजको खोप लगाउन पाइने हो या नपाइने हो कि त कहिले पाइने हो ? भनेर आ–आफ्नो पायक पर्ने नगरपालिकामा फोन गर्ने गरेको बिभिन्न पालिकाको कार्यालयहरुले जनाएका छन् । उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिकाहरुमा नागरिकले कोरोना भाईरस बिरुद्धको खोपबारे टेलिफोनबाट चासो ब्यक्त गर्ने गरेको नगरपालिकाको कार्यालयहरुले जनाएका छन् । त्यसैगरी, मोरङ्गकै सुन्दरहरैंचा नगरपालिकामा पनि खोपबारे नागरिकले सोध्ने गरेको नगर प्रमु
जनक पाण्डेइटहरी / इटहरी खानेपानी उपभोक्ता संस्थाले पानी सहज आपूर्तिका लागि पहिलो प्रयोग गरिएको श्रृजनात्मक प्रबिधि बहु आपूर्ति र वितरण प्रणालीको अध्ययन अवलोकन गरीने प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले बताएका छन् । सबै खानेपानी संस्थाका लागि उपयोगी र भरपर्दो भनिएको यो प्रणाली अनुकरणीय रहेको इटहरी खानेपानी संस्थाले बताएपछि मुख्यमन्त्री राईले खानेपानीको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । शनिबार इटहरी खानेपानीको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मूख्यमन्त्री राईले संस्थाको शीलालेख अनावरण गरेपछि संस्थाका अध्यक्ष रामप्रसाद चौँलागाईले मुख्यमन्त्री राईलाई