जनक पाण्डे
इटहरी / इटहरी खानेपानी उपभोक्ता संस्थाले पानी सहज आपूर्तिका लागि पहिलो प्रयोग गरिएको श्रृजनात्मक प्रबिधि बहु आपूर्ति र वितरण प्रणालीको अध्ययन अवलोकन गरीने प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले बताएका छन् ।
सबै खानेपानी संस्थाका लागि उपयोगी र भरपर्दो भनिएको यो प्रणाली अनुकरणीय रहेको इटहरी खानेपानी संस्थाले बताएपछि मुख्यमन्त्री राईले खानेपानीको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।
शनिबार इटहरी खानेपानीको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मूख्यमन्त्री राईले संस्थाको शीलालेख अनावरण गरेपछि संस्थाका अध्यक्ष रामप्रसाद चौँलागाईले मुख्यमन्त्री राईलाई प्रशासनिक भवन अवलोकन गराएका थिए ।
सत्तरी प्रतिशत नेपाल सरकारको अनुदान र तीस प्रतिशत जनसहभागितामा निर्मित उक्त भवन र कार्यप्रणाली प्रबिधिमैत्री भएकाले आम उपभोक्तामा उत्तरदायी भएर संस्थाले कार्य गर्नेमा पनि मुख्यमन्त्री राईले विश्वास लिएको बताएका छन् ।
साझा आकांक्षा, बिकास र समृद्धिलाई साकार पार्न स्थिर सरकार हुनुपर्ने भन्दै बिकास आयोजना सम्पन्न गर्दा पारदर्शिता महत्वपूर्ण बिषय हुने मुख्यमन्त्री राईले बताएका छन् । भ्रष्टाचार गर्ने जो कोही कानुनतः दण्डित हुनै पर्दछ तर बिना प्रमाण चरित्र हत्या गरेर संस्थाको मनोवल गिराउने कार्य गर्नु नहुने पनि मुख्यमन्त्री राईले बताएका छन् ।
त्यस्तै कार्यक्रममा प्रदेश सांसद सार्वध्वज साँवाले इटहरी खानेपानी उपभोक्त संस्था र कार्य समिति सबैलाई बधाइ तथा शुभकामना दिएका थिएकाछन् । संसद साँवाले खानेपानीका लागि जमिन कम भएको बताउँदै कम्तिमा ५ देखि १० बिगाहा सम्म जमिन हुनुपर्ने, अहिले सामुदायिक स्कूलका जग्गा र ऐलानी जग्गा प्रयोग गरेर पानीको स्रोत स्थापना गरिए पनि निकट भविष्यमा यो कम हुनसक्ने बताएका छन् । ठुलो क्षेत्रफल भएको ठाँउमा संरचना निर्माण गर्दा दोहोरो खर्च हुनबाट बच्न सकिने कुरा साँवाले बताए ।
त्यस्तै सबैभन्दा सस्तोमा पानी उपलब्ध गराएको संस्थालाई अझ सस्तो बनाउन र सर्वसुलभ आपूर्तिका लागि संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईलाई सुझाएका छन् । नयाँ धारा जडान गर्दा बनेका खाडलहरु त्यै माटोले पुर्दा नपुगेको कारण सडकमा हुने खाडलमा रात बिहान पैदल तथा सवारी यात्रु अफ्ठ्यारोमा पर्न सक्ने भएकोले एकै पटक अन्डर ग्राउण्ड पाइप पत्ता लगाउन सक्ने प्रबिधि भए सडकमा धेरै खाडल हुनबाट जोगिने पनि साँवाले बताए । अध्यक्ष लेखा समिति जो भएपनि भ्रष्टाचार भएको भए तथ्य प्रमाण सहित आउन र अन्याथा बिना प्रमाण कसैलाई चरित्र हत्या नगर्न पनि साँवाले सुझाएका छन् ।
त्यसैगरी जनता समाजवादी पार्टीका इटहरी नगर अध्यक्ष डिल्ली सुब्बाले खानेपानी संस्थाका वर्तमान अध्यक्ष रामप्रसाद चौँलागाईको इटहरी खानेपानी बिकासमा रहेको सोच राम्रो र अनुकरणीय भएको बताएका छन् । आगामी नेतृत्वले पनि उनका सिद्धान्त र सोचको अनुसरण गर्नसके इटहरी खानेपानी सबैका लागि अनुकरणि हुने बताए ।
खानेपानी प्रसोधन मानव हितका लागि गरिएको प्राकृतिक स्रोतको दोहन नै हो तरपनि हामी संग बिकल्प नभएको भन्दै यो जमिन मुनिको पानीले २५÷३० वर्ष धान्न नसक्ला जस्तो आफूलाई लागेको अध्यक्ष सुब्बाले बताएका छन् । जमिन मुनिको पानीको श्रोत बाहेक अन्य स्रोत नदी खोलाको पानी सदुपयोग गर्न सके जमिन मुनिको श्रोत सुरक्षित रहने कुरा सुब्बाले बताएका छन् ।
प्रशासनिक भवन उद्घाटन कार्यक्रममा अध्यक्ष चौँलागाइले बोल्ने क्रममा संस्थाले पहिलो बिकास र प्रयोग गरेको बहु आपूर्ति र बितरणको श्रृजनात्मक प्रयोगले आगामी दुई बर्ष भित्रमा स्वच्छ खानेपानी बितरण गर्न सकिने बताए । यो प्रणाली सवै खानेपानी संस्थाका लागि समेत उपयोग हुने पनि अध्यक्ष चौँलागाईले जानकारी दिएका छन् । कार्यक्रममा सस्थाकी उपाध्यक्ष एवं भवन निर्माण समितिकी संयोजक भद्र थापामगरले भवन निर्माण लगायतका खर्च बिवरण पेश गरेकी थिइन् ।
निर्धारित समय भन्दा दुई घण्टा ढिलो गरि सुरु गरिएको इटहरी खानेपानी उपभोक्त संस्थाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रममा नगरका सवै २० वडाका वडाअध्यक्ष, बिभिन्न दलका नेता कार्यँकर्ताहरु , प्रहरी प्रशासन समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।