वातावरण

    Showing 41-50 of 74 items.
  • टेङ्ग्रा र खेती खोलामा बनाइएका घर (संरचना) भत्काउनेबारे जनप्रतिनिधि, प्राविधिक र नागरिक अगुवाको धारणा

    इटहरी । वर्षा याम शुरु भएपछि बर्सेनि इटहरी शहर डुबान हुने गर्दछ । व्यापारिक शहर इटहरीमा ६ हजार भन्दा बढी व्यापारीहरु व्यापार, व्यवसाय गर्दै आएका छन् । इटहरी डुवानका कारण बर्सेनि इटहरीका व्यापारीहरुको अरबौंको व्यापारिक वस्तुहरु नष्ट हुने गरेका छन् । इटहरी बजार डुवान हुँदा कतिपय भुइं तले घर पुरै डुवाउछ । कतिपयको कोठामा कम्मरसम्म पानी जम्छ । एक व्यापारीको करिव ३ लाखका समान क्षति हुँदा पनि हजारौं व्यापारीको अरवको हाराहारीमा क्षति हुने गरेको छ । इटहरीका मेयर हेमकर्ण पौडेलले निर्वाचनका समयमा स्थानीय मतदातासंग भोट माग्न जाँदा इटहरीलाई डुवान हुन नदिने भनी वाचा गरेका थिए । स्थानीय सरकार निर्वाचित भएर क

    • प्रकाशित मितिः असार २, २०८१
    • 596 पटक पढिएको
    • नेपाल रेखा
  • चुरे उत्थानशील आयोजना कोशीद्वारा अन्तर मावि चित्रकला प्रतियोगिता आयोजना

    इटहरी । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको उपलक्ष्यमा इटहरीस्थित चुरे उत्थानशील आयोजनाको प्रदेश परियोजना व्यवस्थापन इकाईले अन्तर मा.वि. चित्रकला प्रतियोगिता आयोजना गरेको छ । ‘जैविक विविधता र चुरेको भविष्य’ विषयक प्रतियोगितामा इटहरी उपमहानगरपालिकाका १३ विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ३५ विद्यार्थीले भाग लिएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार ५००० पार्वती माविकी छात्रा एलिसा चौधरीले प्राप्त गरिन् । दोस्रो पुरस्कार ४००० जन सहयोग माविका छात्र सनिस लिम्बुले पाए । तेस्रो पुरस्कार ३००० राष्ट्रिय माविकी छात्रा अञ्जु सेनले पाइन् । सान्त्वना पुरस्कार २००० जन सहयोग माविकी छात्रा सेबिक

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • 526 पटक पढिएको
    • नेपाल रेखा
  • हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह

    काठमाडौँ । हिम पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् । ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । “बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ”, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी

    • प्रकाशित मितिः वैशाख ९, २०८१
    • 234 पटक पढिएको
    • नेपाल रेखा
  • कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र–लयमा फर्किँदै पर्यटकको आगमन

    ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन् । कचञ्चनजङ्घा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्ने गर्दछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले चालु आर्थिक वर्षको पहिलो याम असोज, कात्तिक र मङ्सिरसम्म कञ्चनजङ्घा हिमालको आधार शिविरको छ सय ५० जना बाह्य पर्यटकले अवलोकन गरेको बताउनुभयो । त्यत्तिकै सङ्ख्यामा आन्तरिक पर्यटकले समेत कञ्चनजङ्घा क्षेत्रको अवलोकन गरेको भनिएतापनि आन्तरिक पर्यटकको तथ्याङ्क भने अहिले

    • प्रकाशित मितिः फागुन २४, २०८०
    • 166 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा हात्ती आतंक रोक्न ६ फिट अग्लो पर्खाल लगाउदै उपमहानगर

    इटहरी । गत मंसिर १३ गते इटहरी–२ का रवीन खड्काको हात्ती आक्रमणबाट ज्यान गयो । जंगली हात्तीको समूहले स्थानीयको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षती पुर्यायो, हालसालै थप २ जना हात्तीको आक्रमणबाट घाईते समेत भएका छन् । अहिले इटहरीमा मात्र नभई कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा हात्ती आतंक छ । ५ जना भन्दा बढिले ज्यान गुमाइसकेका छन् । इटहरीमा भने हात्ती आतंकले ज्यानै गएपछि हात्ती नियन्त्रणका लागि इटहरीका मेयर हेमकर्ण पौडेल कम्मर कसेर लागेका छन्  । मेयर पौडेलले नागरिकलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साईरन जडान, लाईट व्यवस्थापन गरि सबैभन्दा बढी हात्ती प्

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 151 पटक पढिएको
    • नेपाल रेखा
  • छ महिनामा नौ गैँडा मरे

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर दुई र बाघ एवं गोहीको आक्रमणबाट दुईवटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए । त्यस्तै तस्करहरुले छ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्करलाई पक्राउ गरिसकिएको छ । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षे

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 166 पटक पढिएको
    • नेपाल रेखा
  • गैँडा मारेको घटना छानविन गर्न माग

    चितवन । नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको घटनाको छानविन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ । “गैँडा मारेको घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौँ”, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । गैँडा तस्करले दसैँ तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शङ्कास्पद घटनाको रूपमा लिएको विज्ञप्तिमा भनिएको छ । “योजनाबद्ध रूपबा

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 134 पटक पढिएको
    • नेपाल रेखा
  • चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।” छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • 171 पटक पढिएको
    • नेपाल रेखा
  • आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा

    भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घरपरिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका थिए । बाँकी घरमा पनि पानी वितरणको अन्तिम चरणमा रहेको अवस्थामा बाढीले आयोजना बगाएको हो ।उपभोक्तालाई चाँडो पानी खुवाउने उद्देश्यले बाढीले क्षति गरेर पुनःनिर्माण थालिएको आयोजनाको कोशी प्रदेशका खानेपा

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 149 पटक पढिएको
    • नेपाल रेखा
  • विपद् व्यवस्थापनका लागि सामूहिक प्रयास आवश्यक

    विराटनगर । विपद् पूर्व तयारीको सम्बन्धमा तयार पारिएको मोरङ जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८० सर्वसम्मत रुपले पारित गरिएको छ ।जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा वुधवार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, बिभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुले उक्त योजना सर्वसम्मत रुपले पारित गरेका हुन्। वैठकमा वोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विपद् व्यवस्थापनका लागि सवै पालिकाको सामुहिक प्रयास आवश्यक रहेको वताए । सवै पालिकाले आ–आफनो क्षेत्र भित्रपर्ने खोलानालाका डिलहरुमा वृक्षारोपण रोपण अभियान चलाउन

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 168 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]