टेङ्ग्रा र खेती खोलामा बनाइएका घर (संरचना) भत्काउनेबारे जनप्रतिनिधि, प्राविधिक र नागरिक अगुवाको धारणा

  • असार २, २०८१ / नेपाल रेखा
alt

इटहरी । वर्षा याम शुरु भएपछि बर्सेनि इटहरी शहर डुबान हुने गर्दछ । व्यापारिक शहर इटहरीमा ६ हजार भन्दा बढी व्यापारीहरु व्यापार, व्यवसाय गर्दै आएका छन् । इटहरी डुवानका कारण बर्सेनि इटहरीका व्यापारीहरुको अरबौंको व्यापारिक वस्तुहरु नष्ट हुने गरेका छन् । इटहरी बजार डुवान हुँदा कतिपय भुइं तले घर पुरै डुवाउछ । कतिपयको कोठामा कम्मरसम्म पानी जम्छ । एक व्यापारीको करिव ३ लाखका समान क्षति हुँदा पनि हजारौं व्यापारीको अरवको हाराहारीमा क्षति हुने गरेको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले निर्वाचनका समयमा स्थानीय मतदातासंग भोट माग्न जाँदा इटहरीलाई डुवान हुन नदिने भनी वाचा गरेका थिए । स्थानीय सरकार निर्वाचित भएर कार्यभार सम्हालेपछि उनलाई केही अनुभव हासिल भएको छ । इहटरी उपमहानगरपालिकाले यो वर्ष टेङ्ग्रा खोला सफा गरेको छ । सफा गर्दा साविकको गहिराइसम्म सफा गर्नु पर्नेमा गहिरोमा भने ध्यान दिएको पाइदैन । टेङ्ग्रा खोलाको भाग छुट्याउने र खोलाको किनार दुवै तर्फ दायाँ बायाँ सडक बनाउने र खोलाई सफा गरेर शहरलाई सुन्दर बनाउने योजनामा लागेको पाइन्छ ।


इटहरी डुवान हुने मुख्य समस्या टेङ्ग्रा खोला र खेती खोलानै हुन् विगतमा मेयर द्वारिकलाल चौधरीले .खेती खोला सफा गर्ने खोलामा निर्माण भएका घर तथा संरचनाहरु भत्काउने कार्यमा नेताहरुको फोन दबाव आएकाले उक्त कार्य त्यत्तिकै रहेको थियो । मेयर हेमकर्णले भने पहिले टेङ्ग्रा खोलालाई प्राथमिकता दिएर खोला सफाईको करिव ८० प्रतिशत काम सकिएपछि खेती खोलाको काम शुरु भएको छ । खेती खोला सफा गर्नेक्रममा खोलामा बनेका घर संरचनाहरु परेका सम्बन्धितले वार्ता समिति बनाएर इटहरी उपमहानगरपालिकामा वार्ता गर्न मेयर पौडेलले अनुरोध गरेका छन् ।


इहटरी उपमहानगरपालिका अनुसार खेती खोला सफा गर्ने बारेको ३५ दिने सूचना प्रकाशन गरी १५ दिने सूचना समेत प्रकाशन गरिएको अवस्था छ । नगरपालिकाबाट वार्ता समिति बनाउन अनुरोध भए अनुसार वार्ता समितिहरु बनेका छन् । खेती खोलामा ४ नं. वडा, ५ नं. वडा, ६ नं. वडा र ७ नं. वडा का जनता प्रभावित हुने देखिएको छ ।
यस विषयमा जनप्रतिनिधि, विभिन्न संघ संस्थाहरुको धारणा बुझेर हामीले यहाँ प्रस्तुत गरेका छौं -


पुष्पनारायण चौधरी (वातावरण अधिकृत) खेती खोला हो नापी शाखा सुनसरीको नक्सामा खोला लेखिएको छ । सडकमा लेखिएका बोर्डहरुमा पनि खेती खोला भनिएको छ । इटहरी उपमहानगरपालिकाले खोलाको मापदण्ड अनुसार दायाँ वायाँ दुवै तर्फ २०–२० फिट राखिएको छ । खेती खोलाका बारेमा २ किसिमले अध्ययन भै रहेको छ । खेती खोलाको नक्सा अनुसार खोला कहाँ छ त्यसलाई हेरिएको छ अर्को खोलो बगेको ठाउँबाट घरहरु परेका छन् ती घरहरुलाई नक्सा अनुसार बगेकोमा रातो चिन्ह र नक्सा भन्दा बाहेर बगेकोमा निलो चिन्न लाइएको छ । प्रारम्भिक तथ्याँक अनुसार कच्ची र पक्की गरेर करिव २ सय घर रहेका छन् । कतिपयले जग्गा धनी पूर्जा देखाउदैनन् । जसको उठीवास हुन्छ त्यस विषयमा के गर्ने भनेर इटहरी उपमहानरपालिकामा छलफल भै रहेको छ । यस विषयमा नगर प्रमुख हेमकर्ण पौडेलले गहन अध्ययन गरी रहनु भएको छ । कुनै ठाउँमा नक्सा अनुसार खोला बगेको छ भने कुनै ठाउँमा खोलाको जग्गामा घर बनेको छ । इटहरी उपमहानगर पालिकालाई सुन्दर वसोवासयुक्त शहर बनाउन प्रयास भै रहेको छ ।


बाबुराम प्रधान (वार्ता समिति संयोजक) इटहरी उपमहनगरपालिकाले खेती खोला भनेर मापदण्ड कायम गर्न लागेको छ, यो खोला होइन पैनी हो खेती पैनी नामले नै खेतीका लागि पानी पटाउन लगिएको पैनी भन्ने बुझिन्छ । यो पैनीको चौडाई नक्सा अनुसार कतै ८ फीट, १२ फिट बढीमा १८ फिट रहेकोछ । इटहरी उपमहनगरपालिकाले खोला भनेर खोलोको मापदण्ड अनुसार घरहरु भत्काउने सूचना आएको छ । सैनिक क्याम्प छेउको कोशी मार्गमा खेती पैनी जनाइएको छ । खोला भए पुल बन्ने थियो पैनी भएकाले कलभर्ट बनाइएको छ । खेती खोला, खोला हुन सक्दैन किन की यसको शिर छैन पुछार छैन । पैनीको मापदण्ड अनुसार गएमा वार्ता समितिले इटहरी उपमहानगरपालिकालाई सहयोग गर्ने छ । घरहरु आफै भत्काउन सबै तयार छन् । नक्सा पास भएका र नभएका गरेर कलंकी दक्षिणतर्फ करिव १५० घरहरु रहेका छन् । कतिपयलाई आयोगले जग्गा धनी पूर्जा दिएको छ, नम्बरी जग्गामा घरहरु बनेका छन् उपमहानगरले मानिसहरुलाई उठीवास लाउनु भएन ।


मोहन ढकाल (संयोजक स्वतन्त्र नागरिक समाज सुनसरी) खोलाको नक्सा छ, नक्सार मापदण्ड अनुसार खोलामा बनेका घरहरु हटाउनु पर्छ बर्सेनि इहटरी डुवान हुने गरेकोले डुवानबाट मुक्त गराउने कार्य सराहनिय छ । खोलाको भाग ३० फिट र खालोको किनार दुवै तर्फ २०–२० फिट कायम गर्नु कानुनी प्रावधान भएकाले इटहरीवासीले यसमा साथ दिनु पर्छ । खोलाको नक्साको आधारमा खोलालाई सही पहिचान गरी खोलामा बनेको घर तथा संरचनाहरु हटाइनु पर्छ इटहरी शहरीकरण तिब्र रुपमा हुँदै गएको छ खोला पैनीलाई समयमै व्यवस्थित गर्न सकियो भने भोलीका दिनमा इटहरी शहर डुवान हुने खताराबाट मुक्त हुने छ साथै शहरलाई सुन्दर बनाउन सकिने र बाटा घाटाहरु पनि व्यवस्थित हुने छन् । खोला सफा गर्दा भत्किने घरहरुका बारेमा भने कसैको उठीवास हुन्छ भने त्यस्तो परिवारलाई बस्ने व्यवस्था सरकारले गर्नु पर्छ ।

nepal rekha Photo2
भक्त लामा (६नंं वडाध्यक्ष) इटहरीलाई डुवान मुक्त बनाउन खोला सफा गर्ने योजना ल्याइएको छ । जनताले जनप्रतिनिधिलाई काम गर्न साथ दिनु पर्छ इटहरी डुवान भयो भने जनप्रतिनिधिले बाढी पसाई दिएजस्तो गरेर जनताको गुनासो आउँछ । खोला मिचेर घरहरु बनेका छन् खोला आप्mनो ठाउँमा बग्न नपाए पछि स्वभाविक रुपमा खोला शहरभर घरहरु डुवान बनाउछ । खोला सफा गर्दा पनि गुनासा आउँछन् विकास गर्दा पनि अबरोध गरिन्छ । कही कतैबाट अबरोध हुनु भएन । विकासका क्रममा कसैलाई कुनै मार्का पर्न सक्छ तर विकासलाई हेरेर त्यो मार्का नगन्य हुन्छ इटहरीवासीले इटहरी शहरलाई व्यवस्थित, सुन्दर, हेर्न लायक बनाउन सहयोग गर्नु पर्छ । हामीलाई राम्रो काम गर्न इटहरीवासीको साथ सहयोग चाहिएको छ ।


भीष्म घिमिरे (५ नं वडाध्यक्ष) इटहरी डुवानको समस्या २० वर्ष अघिको हो । हामी इटहरी उपमहानगरको जनप्रतिनिधिमा चुनिएर आए पछि धेरै बैंठक छलफलहरु भए पूर्व मुख्य ढोकाका रुपमा चिनिने इटहरीलाई सुन्दर शहर बनाउनमा मेयर, उपमेयर २० वटा वडाका वडाध्यक्ष, सदस्यहरु विचमा सहमति भएको छ । खेती खोला कही २० फिट कहि ४० फिट कही ६० फिट रहेको छ । खोलामा बनेको घरहरु केही नगरपालिका कर्मचारीको त्रुटीले पास भएका छन् केही घरहरु नक्सा पास भएका छैनन् । खोला नालालाई आफ्नो ठाउँमा बग्न दिनु पर्छ नत्र इटहरीलाई शहरीकरण गर्न समस्या हुन्छ । खोला सफा गर्नु, दु्वै तर्फ करिडोर बनाउनु आफैमा राम्रो कुरा हो । घर धनीहरुलाई मार्का पर्छ भने कसलाई के कस्तो मार्का पर्न गएको छ नगरपालिका आफैले वार्ता समिति बनाएर वार्ता गर्न बोलाएको छ । वार्ताबाट समस्याको समाधान गर्नू पर्छ इटहरीलाई डुवानबाट सदाका लागि मुक्त गर्नु पर्छ । हामीले इटहरीलाई डुवान मुक्त बनाउन र सुन्दर सहर बनाउन इटहरीवासीको साथ र सहयोग चाहिएको छ ।


विमल पौडेल (नेरोसो इटहरी उपशाखा पूर्व सभापति) इटहरीलाई डुवान मुक्त बनाउने इटहरी उपमहनगरपाकिलाको खोला सफा गर्ने अभियान स्वागत योग्य छ । यसमा इटहरी वासीले इटहरी उमनपालाई साथ सहयोग गर्नु पर्छ । खोला सफा गर्दा कतिपय घरहरु भत्किन सक्ने हुन्छन् घर धनी र इटहरी उपमहानगरपालिकामा बसेर छलफलबाट समस्या समाधान गर्नु पर्छ । खोला सफा गरेर इटहरीलाई डुवान मुक्त गर्नमा इटहरीवासीको साथ सहयोग सदा रहन्छ रहनु पर्छ ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]