विपद् व्यवस्थापनका लागि सामूहिक प्रयास आवश्यक

  • श्रावण ३२, २०८० / नेपाल रेखा
alt

विराटनगर । विपद् पूर्व तयारीको सम्बन्धमा तयार पारिएको मोरङ जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८० सर्वसम्मत रुपले पारित गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा वुधवार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, बिभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुले उक्त योजना सर्वसम्मत रुपले पारित गरेका हुन्।
वैठकमा वोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विपद् व्यवस्थापनका लागि सवै पालिकाको सामुहिक प्रयास आवश्यक रहेको वताए । सवै पालिकाले आ–आफनो क्षेत्र भित्रपर्ने खोलानालाका डिलहरुमा वृक्षारोपण रोपण अभियान चलाउन सके त्यसले तटवन्धको काम गर्ने र कटान तथा भुक्षय समेत नियन्त्रणमा आउने उनको भनाई थियो । महानगरपालिकाका प्रमुख कोइरालाले बर्षात अगाडि नगरले नाला, पैनी तथा खोलामा रहेका फोहर सफा गरेकोले यस बर्ष यस क्षेत्रमा डुवान हुन नपाएको बताउदै केशलिया खोलामा तटवन्धका लागि तयारी भइरहेको बताए ।
रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंहले स्थानिय खोला नाला नियन्त्रण गर्ने अधिकार पालिकालाई दिदै सो अनुसार सरकारले पालिकाहरुलाई वजेट विनियोजित गर्नुपर्ने वताए।
केरावारी गाउपालिकाका प्रमुख सुमन मिरिछिङले आफ्नो पालिकाले जन श्रममदानबाट ५० लाख वढिको खोला नालामा तटवन्ध गरेको उल्लेख गरे । जिल्ला समन्वय समितिका प्रमुख अजम्वर राईले विपदको लागि रकम व्यवस्था गर्न पालिकाहरुले आफ्नो क्षेत्रमा भएको उद्योग, व्यवसायतर्फ अनुगमन गरी राजश्व वृद्धि गर्नेतर्फ लाग्नु पर्ने बताए ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वाहाम्फे, कानेपोखरी गाउँपालिकाका प्रमुख राजमती इङनाम, रंगेली नगरपालिकाका उपप्रमुख भुमा पराजुली, डिभिजन वन कार्यालय मोरङका प्रमुख विश्वलाल घिमिरे, सशस्त्र प्रहरी कंकालिनी गण टंकी सिनवारीका सशस्त्र प्रहरी उपरीक्षक तीर्थबहादुर थापाले विपद्को समयमा नागरिकको जीउ धनको सुरक्षाका लागि सामूहिक कार्य आवश्यक रहेको वताए । जिल्ला विपद व्यवस्थापनका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले विपदमा आइ पर्न सक्ने जोखिम न्युनिकरण त्यसको रोकथाम एवम् व्यवस्थापनका लागि समितिले सवै पालिकासंग समन्वय गर्दै आइरहेको वताए ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]