काठमाडौँ । काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो । माइकिङमार्फत अनुरोध गरिएको छ, “वैशाख १२ गते बिहान ६ः०० बजेदेखि घरटहरा भत्काउने र अतिक्रममित जग्गा पूर्ण खाली गर्ने कार्य सुरु गरिने र त्यस कार्यमा अवरोध गरेमा कानुनअनुसार कारबाही हुनेछ ।”नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु हुने सूचनामा भनिएको छ । त्य
झापा । एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन् ।घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जङ्गली हात्तीले दुःख दिन थालेको स्थानीयवासीको गुनासो छ । जीर्ण घेराबेरा मर्मत गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत तीन वटा निकायले चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्नेगरी ३० लाख रुपैयाँ बजेट दिएका छन् ।मेचीनगरको नकलबन्दादेखि बाहुनडाँगीसम्म भारतसँग सीमा जोडिएको १८ किलोमिटर क्षेत्रमा विसं २०७२ मा विश्व बैङ्कको एक करोड २० लाख रुपैयाँ लगानी र राष्ट्रिय प्रक
दाङ । सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका–२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराका अनुसार वैशाख १ गते साँझ ५ः०० बजे तुलसीपुर उपमहानगरपालिका–५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्य
काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेन्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई घृणा, द्धेष फैलार्ई चरित्रहत्या गर्ने रामेछाप मन्थली नगरपालिका–१२ घर भई काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय भगवती खड्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले सामाजिक सञ्जालमा अरुको चरित्रहत्या गर्ने खड्कालाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको जानकारी दिनुभयो ।पक्राउ खड्कालाई जिल्ला अदालत काठमाडौँबाट चार
काठमाडौँ। काठमाडौँ महानगरपालिका–१५ सानो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौँका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङका ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटका ३९ वर्षीय उद्धव खनाललाई पक्राउ गरेको हो
इटहरी । चुनाव प्रचारप्रसारको अन्तिम दिन सुनसरी क्षेत्र नं. २ मा उत्साह र ऊर्जा भरिएको माहोल देखियो । रामकुमारी चौधरीको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीले तरहरादेखि इटहरीको कान्छीचोक हुँदै झुम्कासम्म विशाल मोटरसाइकल र्याली आयोजना गर्यो । ‘तारा’ अंकित झण्डा फहराउँदै अघि बढेको र्यालीमा समर्थकहरूको उल्लेख्य सहभागिता थियो । झुम्कामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले पार्टीको चुनाव चिन्ह ‘तारा’मा मतदान गरी आफूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरिन् । उनले सुनसरी–२ को समग्र विकासका लागि स्पष्ट योजना र दृढ प्रतिबद्धता प्रस्तुत गर्दै भौतिक पूर्वाधार विस्तार
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा
फुङलिङ । ताप्लेजुङ्गको फक्तालुङ्ग गाउँपालिकाले शिक्षा सुविधाको व्यापक विस्तार गर्दै पालिकाभित्रका विद्यार्थीहरूका लागि आकर्षक शैक्षिक नीति सार्वजनिक गरेको छ । गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सोही पालिकाका विद्यार्थीहरूलाई १०० प्रतिशत छात्रवृत्ति (स्कलरशिप) प्रदान गर्ने निर्णय गरेको हो ।गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार प्राविधिक तथा टेक्निकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइनेछ । यस निर्णयले आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा अध्ययन गर्न नपाएका विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।पालिकाभित्र रहेको पाथीभरा क्याम्पसम
इटहरी । नेपाली समाजमा पुड्कोपनजस्तै देखिने तर गम्भीर समस्या बनेर भित्रभित्रै फैलिँदै गएको छ–अन्धोपन । पछिल्लो समय खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा नौ महिना नपुगी बच्चा जन्मिने दर दिनानुदिन बढ्दै गएको छ । चिकित्सकहरूका अनुसार समय नपुगी जन्मिएका शिशुमा रेटिनासहित आँखाको विकास पूर्ण रूपमा हुन नपाउँदा भविष्यमा गम्भीर दृष्टि समस्या देखिने जोखिम उच्च हुन्छ ।विशेषगरी उमेर बढ्दै जाँदा यस्ता बच्चामा रेटिना खुम्चिने समस्या देखापर्ने र त्यसले अन्धोपनसम्म पुर्याउन सक्ने नेत्र रोग विशेषज्ञहरू बताउँछन् । इटहरी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डाक्टर कुमार प्रिथुका अनुसार, समुदायस्तरमै
इटहरी । इटहरीमा शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले गरे । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनको पहिलो दिन चारवटा कि नोट प्रस्तुत गरियो । जसमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास, काठमाडौँ नेपाल रोजर