निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह

  • वैशाख २३, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । सरकारले निजामती सेवामा रहेका ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीले आज विज्ञप्ति जारी गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भएको जानकारी दिनुभयो ।
अध्यादेशले उक्त व्यवस्था गरेसँगै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा सबै सरकारी निकायमा रहेका ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको हो । सरकारले ट्रेड युनियनका प्रयोजनका लागि प्रयोग भइरहेका सरकारी भवन, कार्यकक्ष, सवारीसाधनलगायतका अन्य सेवा सुविधा तत्काल सम्बन्धित कार्यालयलाई फिर्ता गर्न भनेको छ ।
ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आवद्ध भएका कर्मचारीलाई तोकिएको दरबन्दीअनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन भनेको छ ।

गौँथली चराको बथान ...

शुक्लाफाँटा नगरपालिका-३ को सनबोरा नदी तटिय क् ...

डोको बुन्दै ...

ताप्लेजुङको मैवाखोला गाउँपालिका-१, ढुङ्गेसाँघ ...

अनधिकृत लिङ्क नखोल्न ...

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ...

चरन क्षेत्रमा अर्ना ...

सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षको चरन क्षेत्रमा चर्द ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]