सुदूरपश्चिममा सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस स्थापना

  • वैशाख २२, २०८३ / नेपाल रेखा
alt

महेन्द्रनगर । सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले विपद् उद्धार बेस स्थापना गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद् उद्धार बेश स्थापना गरेको जनाएको छ । आसन्न मनसुनलाई मध्यनजर गरी सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि थप विपद् सुरक्षा बेस एवं मनसुन प्रतिकार्य टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल, नेपालको नियमित परिचालनका अलावा विपद् उद्धारमा केन्द्रित भएर कार्य गर्न यस्ता बेसहरु स्थापना गरिएको निमित्त बाहिनीपति सुवेदीको भनाइ छ । कैलालीको धनगढी उपमहानगर पालिका र चुरे गाउँपालिका–५, खानीडाँडा गरी दुई स्थान, कञ्चनपुरको बेलौरी, डोटीको जोरायल गाँउपालिका–२ बुडर, अछामको साफेबगर नगरपालिका–१३ बुढाबगर, टासी, बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टी, दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाच र बैतडीको सदरमुकाम गरी कुल आठ स्थानमा विपद् व्यवस्थापन बेस स्थापना गरेको मुख्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिम प्रदेशमा ११ गोताखोर र २७५ विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई विपद् उद्धारको काममा प्रभावकारी परिचालनका लागि समानुपातिक रुपमा सबै जिल्लामा तैनाथ गरिएको निमित्त बाहिनीपति सुवेदीले बताउनुभयो । हालैमात्र भएका पानीजन्य विपद् उद्धारका लागि बाहिनीले दार्चुला, बझाङ, अछाम, डोटी र कञ्चनपुर जिल्लामा गोताखोर परिचालन गरी शव फेला पारेको थियो ।
सशस्त्र प्रहरी बल, नेपालले स्थानीय तहसँगको समन्वयमा समुदाय विपद् स्यवंसेवक तालिम सञ्चालन गर्दै आइरहेको छ । प्रत्येक वडा तहसम्म सशस्त्र प्रहरी बलले विपद् सूचना प्राप्तिमा सहज होस् भन्ने हेतुले विपद् सूचक समूह स्थापना गरेको जनाएको छ । विपद्सम्बन्धी उद्धारका लागि सर्वसाधारणका लागि टोल फ्री नं ११४ प्रयोगमा ल्याइएको छ ।

राष्ट्रपतिबाट संवैधा ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद ...

सरकार महिला उद्यमीको ...

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ...

बोराबाँधमा मोटरबोट ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-६, बोराबाँधस्थित सप्तकोस ...

चतरामा बरमझियाको पेड ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-१, चतरास्थित कोसी पुल नज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]