आगलागीबाट १२ घरगोठ जलेर नष्ट

  • वैशाख २७, २०८३ / नेपाल रेखा
alt

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । सो आगलागीमा परी छ परिवारको वटा १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक, एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

वीपी कोइराला स्वास्थ ...

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग ...

मन्त्रिपरिषदबाट सरका ...

काठमाडौँ । मन्त्रिपरिषदको आज बसेको बैठकले आर्थिक ब ...

‘स्थानीयस्तरमा क्रिक ...

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्क ...

खरबुजा ...

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित थोक तरकारी बजार ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]