समाचार

    Showing 291-300 of 650 items.
  • विराटनगर महानगरलाई सरकारी संयन्त्रमध्ये उत्कृष्ट पुरस्कार प्रदान

    विराटनगर। सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका मेयर नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महानगरलाई प्रदान गरिएको पुरस्कार मेयर कोइरालाले ग्रहण गरेका हुन् । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मेयर कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 138 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारी संयन्त्रमध्ये विराटनगर महानगरपालिका उत्कृष्ट

    विराटनगर । सुशासन, कार्यसम्पादन र राजस्व संकलनलगायतका क्षेत्रमा अग्रणी रहेको विराटनगर महानगरपालिकालाई संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पुरस्कृत गर्ने भएको छ । सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्न लागेको हो । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ । “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पु¥याएको

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • भोटेघुम्ती जग्गा प्रकरणमा वडा अध्यक्ष खड्काको भनाई

    आफु जनप्रतिनिधी भएकोले आफ्नो कोही कसैसंग आग्रह र पुर्वाग्रह नभएको खड्काले बताएका छन् । आफ्ना बडा बासीको हितमा काम गर्न र अहिले मर्कामा पर्नु भएका बडाबासी दाजुभाईका लागि ब्यवस्थित बसोवासका लागि काम गर्न आफु कुनै कसुर बाँकी नराख्ने खड्काले बताए । तर, केही साथीहरू विषय तोडमोड गरेर म र सिंगो वडा प्रति खनिनु भएको छ उनले भने । मैले कहिँ कतै कुनै प्रकारको आर्थिक लेनदेन गरेको छैन, त्यसैले म नियमित कार्यालय गएर वडावासीलाई सेवा दिइरहेको छु, यही नै मेरो सामाजिक धर्म पनि हो , उनले भने । नेपालरेखा । मोरंग । भूमाफिया संग मिलेर सिंगो गाँउनै वडा अध्यक्षले बिक्री गरेको भन्ने समाचार बिभिन्न सञ्चार माध्यममा

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 665 पटक पढिएको
    • नेपाल रेखा
  • झापामा पोथी हात्ती मृत फेला

    झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ ।आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेकोे जानकारी दिनुभयो । हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् । झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दु

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • 91 पटक पढिएको
    • नेपाल रेखा
  • विद्यालय तहदेखि नै विपदसम्बन्धी सचेतना गराउनुपर्छ– मेयर कोइराला

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै विपदका विषयमा जानकारी दिनुपर्नेमा जोड दिनु भएको छ । सशस्त्र प्रहरी बल कंकालिनी गण हेडक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद प्रतिकार्य अभ्यास समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यालय तहदेखि नै विपद रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने विचार व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका मेयर कोइरालाले असावधानीका कारण हरेक वर्ष बाढीपहिरोमा ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुभयो । “थुप्रै देशमा १८ वर्ष पुगेका नागरिकले अनिवार्य रुपमा सैनिक तालिम लिनुप

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • 105 पटक पढिएको
    • नेपाल रेखा
  • विपद प्रतिकार्य तालिम

    इटहरी । वर्षायाममा हरेक वर्ष बाढी तथा डुवान प्रभावित बन्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिकामा विपद प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम गरिएको छ ।नेपाली सेनाको कृष्णदल गण तथा इटहरी उपमहानगरपालिकाको संयुक्त आयोजनामा विपद् प्रतिकार्य तालिम तथा अभ्यास गरिएको हो ।तालिम तथा अभ्यासमा बाढीको समयमा अपनाउनु पर्ने सर्तकता, वाढी पीडितलाई उद्धार, खोज तथा व्यवस्थापन, आगलागी नियन्त्रण लगायतका विषयमा नेपाली सेनाका अशोक गुरुङ्गले सहजिकरण गरेका थिए । विपद् प्रतिकार्य तालिममा इटहरी उपमहानगरपालिका २० वटै वडाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।प्रतिकार्य तालिम तथ

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • 176 पटक पढिएको
    • नेपाल रेखा
  • महानगरको टोलीद्वारा मासु पसलको अनुगमन

    विराटनगर । विराटनगर महानगरपालिकाले मासु पसलको अनुगमनलाई तीव्र पारेको छ ।महानगरवासीलाई सफा र स्वच्छ मासु सेवन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ महानगरको टोलीले बजार अनुगमनलाई तीव्रता दिएको हो । महानगरभित्र सञ्चालित सबै मासु पसलको अनुगमन गर्ने योजनाअनुसार हरेक दिन मासु पसलको अनुगमन गर्ने गरिएको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । यसरी अनुगमन गर्दा मासु पसलमा सुधार देखिएको उनको भनाइ थियो । अनुगमनका क्रममा मासुको खपत, पसलको संख्या, मासु पसलमा रोजगारी सिर्जनाको अवस्थालगायतका बारेमा समेत तथ्यांक संकलन हुने उनको भनाइ छ । महानगरको टोलीले विराटनगर वडा नम्बर

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 120 पटक पढिएको
    • नेपाल रेखा
  • सीमामा तस्करी बढेसंगै शसस्त्र बिओपीहरुमा ब्यापक कमाण्ड हेरफेर

    इटहरी । सीमा क्षेत्रमा चोरी तस्करीका घटना बढेसंगै कोशी प्रदेश अन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा लामो समयदेखी खटिएका शसस्त्र प्रहरी युनिटलाई फिर्ता बोलाउन थालिएको छ । दुई साताअघि स्याउ तस्करीमा संलग्न रहेको आरोपमा शसस्त्र प्रहरी बल बराह १ नं बाहिनी पकलीले सीमा सुरक्षा गुल्म घेराबारी झापाका शसस्त्र प्रहरी नायव उपरिक्षक सुमन शर्मा र विओपी केचना झापाका शसस्त्र प्रहरी निरिक्षक वकिल कुमार धानुकलाई कारबाही फिर्ता बोलाएर कारबाही थालेको शसस्त्र प्रहरीले ५ जनामाथि कारबाही गरेको छ । शर्माको ठाउँमा शसस्त्र प्रहरी नायव उपरिक्षक प्रभात कुमार गौतम र धानुकको ठाउँमा शसस्त्र प्रहरी निरिक्षक जितेन्द्र

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 94 पटक पढिएको
    • नेपाल रेखा
  • घुस खाने कर्मचारीलाई अख्तियारले समात्नु पर्छ–न्यायाधीश अधिकारी

    इनरुवा । सुनसरी जिल्ला अदालतका न्यायाधीश र नेवाए सुनसरीका कानुन व्यवसायी विच शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ । सुनसरी वारले सेवाग्राहीलाई सुविधा दिन, न्याय छिटो छरितो र चुस्त दुरुस्त दिन मंसिर ४ गतेको निर्वाचन अघि ३६ बुदे सुझाव दिएकोमा अदालतबाट केही विषयमा सुधार भएको र केहीमा सुधार ल्याउने प्रयास भइरहेको सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीले बताए । अन्तरक्रियामा उठेका प्रश्नको जवाफ दिदै न्यायाधीश अधिकारीले भन्नु भयो सेवाग्राही संग कुनै कर्मचारीले घुस मागेमा वा काममा आलटाल गरेमा मलाई व्यक्तिगत रुपमा भेटेर भन्नु होला तुरुन्त कारबाही हुने छ । सेवाग्राहीको काम नगर्ने

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 88 पटक पढिएको
    • नेपाल रेखा
  • उद्योग लिलामी हुने भएपछि मजदुरको ज्याला गुम्ने चिन्ता

    इटहरी । बैंक ठगीको आरोपमा नारायण भेजिटेवल इण्डष्ट्रिज प्रालिका सञ्चालक पक्राउ परेदेखि आफनो पारिश्रमिक पाउन नसकिरहेका मजदुरहरु नेपाल बैंकले उक्त उद्योग लिलामी गर्न लागेपछि थप चिन्तित बन्न पुगेका छन् ।उद्योग सञ्चालक पक्राउ परेको लामो समय पछि नेपाल बैंक लिमिटेड कर्जा असुली विभागले उक्त उद्योग लिलामी गर्न बोलपत्र आह्वान गरेपछि सो उद्योगका मजदुरहरु थप चिन्तित बन्न पुगेका हुन् ।सुरेशकुमार अग्रवाल र कृष्णकुमार अग्रवालले सञ्चालन गर्दै आएको नारायण भेजिटेवल इण्डष्ट्रिज प्रालि र अन्नपूर्ण सोप सञ्चालकहरु पक्राउ परेपछि उद्योग सञ्चालन हुन छोडेको र ती उद्योगहरुमा काम गर्ने मजदुरहरुले हालसम्म पारिश्रमिक नपाएक

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 98 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]