बसपार्कबाट सुर्तीजन्य पदार्थ बरामद

  • जेठ २६, २०८० / नेपाल रेखा
alt

विराटनगर। विराटनगरस्थित बसपार्कबाट महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
प्रभातकालीन अनुगमनका क्रममा खुलेआम सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको भेटिएपछि महानगरका मेयर नागेश कोइरालाले महाननगर प्रहरीलाई तत्काल बरामद गर्न निर्देशन दिएका थिए । मेयर कोइरालाको निर्देशनपछि महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा पुगेको टोलीले गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । पछिल्लो समय मेयर कोइरालाले सरसफाई, विकास निर्माण, सुर्तीजन्य पदार्थ, खुल्ला रुपमा हुने माछामासुको बिक्री वितरणलगायतको प्रभातकालीन अनुगमन गर्दै आएका छन् ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गर्दै आएको छ । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई निषेध गरेको छ । आगामी साउन १ गतेदेखि महानगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणको अनुमतिपत्र र नवीकरणसमेत नगरिने मेयर कोइरालाले बताए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]