इटहरी उपमहानगरले गरेका १२ महिनाका १२ काम

  • असार ५, २०८० / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले बाह्र महिनामा भएका बाह्र कामको सुची सार्वजनिक गरेको छ । जनप्रतिनिधिको कार्यकाल एक वर्ष पुरा हुँदै गर्दा भएका कामको विवरण सार्वजनिक गरिएको हो ।
उपलब्धिको पहिलो बुँदामा राजमार्ग विस्तारमा अवरोध भएका संरचना हटाइएको उल्लेख छ । विराटनगर लाइनमा रहेका घर तथा संरचना भत्काएर ६ लेन सडक विस्तारमा सहयोग पु¥याएको बताइएको छ ।
त्यस्तै डिजिटल प्रणालीमार्फत घर नक्सा पास सुरु गरेको र उपमहानगरले नै घर नक्सा बनाउने काम सुरुवात गरेको छ । विपन्न परिवारको घर निर्माणको नक्सा निःशुल्क बनाइदिने पनि उपलब्धिमा समावेश गरिएको छ ।
पहिलो पटक विद्यालय सुधारमा आन्तरिक लेखा परीक्षण सुरु गरेर पारदर्शिता देखाउन खोजेको बताइएको छ । कर्मचारीको खाजा र अतिरिक्त भत्ता कटौती गरेर सुशासनको प्रत्याभूति दिलाउने प्रयास थालिएको जानकारी दिइएको छ ।
थारू जातिलाई प्रथम नागरिक घोषणा गर्ने देखी दुई हजार विपन्नको निःशुल्क स्वास्थ्य बिमा गरेको प्रगति विवरणमा उल्लेख छ ।
इटहरी बजारमा सार्वजनिक शौचालय बनाएको विषय प्राथमिकतामा परेको छ । लामो समय देखि इटहरीमा सार्वजनिक शौचालय अभाव भएको भन्दै गुनासो हुँदै आएको थियो ।
इटहरीमा सुविधा सम्पन्न अस्पतालको अभाव रहेको आवाज उठेको बेला उपमहानगरपालिकाले इटहरी अस्पताललाई सुधार गरेको छ । विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गरेको इटहरी अस्पतालले आइसियु, भेन्टिलेटर सहित डायलासिस सेवा उपलब्ध गराउने तयारी सुरु गरेको छ ।
सबै सवारी साधनमा जिपिएस जडान गरेर सवारीको दुरुपयोग नियन्त्रण गरेको छ । प्रदेश सरकारको सहयोगमा इटहरी चौकमा कोसी प्रदेशकै पहिलो ट्राफिक लाइट जडान गरेको छ । घर देखि घाट सम्म सरकार कार्यक्रम अन्तर्गत साउन देखि दुई वटा शव वाहनले निःशुल्क शव बोक्ने उपमहानगरपालिकाले जनाएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]