पांचथरका बाढी पहिरोपीडितलाई खाद्यन्न सहयोग

  • असार २४, २०८० / नेपाल रेखा
alt

पाँचथर । बाढी पहिरोका कारण पिडित बनेका पाँचथरको याङवरकका ६७ परिवारलाई क्युक रेष्क्यु टिमले खाद्यान्न सहयोग गरेको छ ।
बाढी पहिरो पिडित याङवरक गाउँपालिका वडा नम्बर १ र २ का ६७ परिवारलाई इसाई समाज कोशी प्रदेशको सहकार्यमा खाद्यान्न उपलव्ध गराइएको बताइएको हो । क्युक रेष्क्यु टिमका अध्यक्ष विक्रम एक्तेनले याङवरकका ६७ परिवार र संखुवासभाका विभिन्न जोखिमपुर्ण स्थानमा वस्दै आएका १६ घर परिवारलाई अस्थायी रुपमा सुरक्षीत स्थानमा वसोवासको व्यवस्था मिलाएर खाद्यान्न सामाग्री २५ केजी चामल, तेल, सावुन, टिसर्ट लगायतका सामाग्रीहरु वितरण गरिएको समेत अध्यक्ष एक्तेनले बताए ।
यस अघि पनि क्युक रेष्क्यु टिमले बाढी पहिरो पिडित तथा कोरोना कालमा समेत विपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्दै आएको छ । कोरोना कालमा स्वास्थ्य सुरक्षा सामाग्री औषधी, पोटेवल अक्सिजन लगायतका सामाग्रीहरु समस्यामा परेकाहरुलाई घरघरमा पुगेर उपलव्ध गराउदै आएको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]