मुख्य समाचार

    Showing ७१-८० of ९१ items.
  • एकैदिन १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालगन्जमा भेटिएकाहरु ४ महिला र ५ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । हालसम्म १५ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन्

    • प्रकाशित मितिः बैशाख २१, २०७७
    • ६९ पटक पढिएको
    • "नेपाल रेखा"
  • जनताको मौलिक हक जोडिएका मुद्दालाई मिडियामा स्थान दिनुपर्ने

    काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आइतबार विशेष डिजिटल संवाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रका प्रमुख अतिथि एंव राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी बार्षिक प्रतिवेदन तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघले प्रकाशन गरेको दक्षिण एसिया प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कार्यकारिणीका नजरमा सञ्चारमाध्यमलाई बाधकका रुपमा हेर्ने गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘पत्रकारको

    • प्रकाशित मितिः बैशाख २१, २०७७
    • १५२ पटक पढिएको
    • "नेपाल रेखा"
  • राष्ट्रपतिद्वारा २६ गते अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गर्नु भएको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गर्नु भएको हो । संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्

    • प्रकाशित मितिः बैशाख २१, २०७७
    • ३०५ पटक पढिएको
    • "नेपाल रेखा"
  • अनलाइनबाट सुनसरीका युवा उद्यमीको अधिवेशन

    इटहरी । नेपाल युवा उद्यमी मञ्च सुनसरीको प्रथम अधिवेशनले विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।सुनसरीको इटहरीमा सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुुमोद निरौला र उपाध्यक्षमा सन्तोष आचार्यलाई चयन गरेको हो । त्यसैगरी, अधिवेशनले फाईनान्स विभागमा चन्द्र देवकोटा, अन्तर्राष्ट्रिय विभागमा रोहित पराजुली, तालिम विभागमा ंआकाश दुलाल चयन भएका छन् ।त्यस्तै, सदस्यहरुमा श्रुति शर्मा, पृथ्वीराज पराजुली, सिद्धार्थ श्रेष्ठ, ममता पराजुली चयन भएको संस्थापक अध्यक्ष सुदीप घिमिरेले जानकारी दिए । अधिवेशन निवर्तमान अध्यक्ष सुदीप घिमिरेको अध्यक्षता तथा नेपाल युवा उद्यमी मञ

    • प्रकाशित मितिः बैशाख २१, २०७७
    • ५२६ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा थप पिसीआर ल्याब सञ्चालनमा

    विराटनगर । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए । उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए । मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनास

    • प्रकाशित मितिः बैशाख २०, २०७७
    • २२५ पटक पढिएको
    • "नेपाल रेखा"
  • मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्री वितरण

    धनकुटा । कोरोना भाईरस विरुद्ध जनचेतना मजदुरहरुमा फैलाउदै अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरुमा कोरोना भाईरस विरुद्ध जनचेतना अभिवृद्धी गर्दै धनकुटा निगाले सिमेन्ट प्रा.लि. सिधुवा धनकुटा र गुरासे टि स्टेट प्राली धनकुटा हिलेका मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, उपाध्यक्ष तथा वितरक संघ हिले धनकुटाका अध्यक्ष कृष्णराज श्

    • प्रकाशित मितिः बैशाख २०, २०७७
    • ७० पटक पढिएको
    • "नेपाल रेखा"
  • बाँझोगरा कृषक समूहद्वारा वडा कार्यालयलाई राहत हस्तान्तरण

    धरान । लकडाउन लम्बिदै जाँदा उत्पन्न हुने खाद्यन्नको संकट टार्न विभिन्न संघ, संस्थाहरुबाट राहत संकलन गर्ने क्रम जारी रहेकै बेला धरान १५ मा क्रियाशिल बाँझोगरा बहुउद्देश्यीय कृषक समूहले पनि शेयर सदस्यहरुबाट राहत संकलन गरी सोही वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । शेयर सदस्यहरुबाट संकलन गरिएको ६०० केजी चामल, ६० केजी नुन, ६० केजी दाल, ६० लिटर खाने तेल गरी ६० हजार बराबरको राहत धरान–१५ नम्बर वडा कार्यालयलाई शुक्रबार हस्तान्तरण गरिएको समूहकी अध्यक्ष ज्योति लिम्बूले बताइन् । समूहकोतर्फबाट उक्त राहत वडा अध्यक्ष नरेशकुमार ईवारमलाई हस्तान्तरण गरेपछि धरान–१५ स्थित गर्वलाल टोल र महादेव चौकका अति

    • प्रकाशित मितिः बैशाख १९, २०७७
    • ४२१ पटक पढिएको
    • "नेपाल रेखा"
  • श्रमिकलाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन उपराष्ट्रपतिको आग्रह

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी तथा देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न आग्रह गर्नुभएको हो । विश्व जगत्ले नै आगामी आफ्ना कार्यक्रम श्रमिक वर्ग केन्द्रित बनाउने र नेपाल सरकारले पनि आगामी बजेट न

    • प्रकाशित मितिः बैशाख १९, २०७७
    • ७१ पटक पढिएको
    • "नेपाल रेखा"
  • म्याद गुज्रिएको औषधी भेटियो

    लेटाङ्ग । लकडाउनको समयमा खाद्यान्न तथा औषधिहरुमा ठगी हुन सक्नेतर्फ मध्यनजर गर्दै मोरङको लेटाङ्गं बजारमा खाद्यान्न तथा औषधि पसल अनुगमन गरिएको छ ।घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजत्वमा वाणिज्य कार्यालय विराटनगर औषधी व्यवस्था कार्यालय, लेटाङ नगरपालिका लगायतको टोलीले लेटाङ्ग बजार अनुगमन गरेको हो ।लकडाउनको समयमा मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिदै आएको घरेलु तथा साना उद्योग कार्यालय विराटनगर संयोजनमा मोरङको लेटाङमा फार्मेसी र किराना पसलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा लेटाङ बजारमा रहेको दीर्घायु लेटाङ फार्मेसीमा बिक्रीका लागि राखिएका म्याद गुज्रिएको औषधि जफत गरी क

    • प्रकाशित मितिः बैशाख १९, २०७७
    • ३५२ पटक पढिएको
    • "नेपाल रेखा"
  • दश प्रकारका धानको बीउ मौज्दात

    झापा । झापाको मेची कृषक बहुमुखी सहकारीले रु ४ करोड ५० लाख मूल्य बराबरको दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ मौज्दात रहेको जनाउँदै किसानलाई बेच्न शुरु गरेको छ । तराईमा धानखेतीका लागि ब्याड राख्ने बेला हुन लागेको हुँदा किसानहरूको सुविधाका लागि बीउको खुद्रा तथा थोक बिक्री शुरु गरिएको सो सहकारीका व्यवस्थापक दीपक काफ्लेले जानकारी दिएका छन् । मेचीनगर–७ इँटाभट्टामा रहेको सहकारीले पोस्ट हार्वेस्ट सेवा केन्द्रमार्फत आफँैले उत्पादन गरेको राधा–१२, रञ्जित, मन्सुली, सुख्खा–३, हर्दिनाथ–१, साम्बा, शर्णा सबवान, नुनिया, रातो बासमती र राम धानको बीउ झापा, मोरङ र सुनसरीका किसानलाई बेच्दै

    • प्रकाशित मितिः बैशाख १९, २०७७
    • ६१ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]