मुख्य समाचार

    Showing ६१-७० of ९१ items.
  • भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्धः परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौँ । सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको प्रष्ट पारेको छ । साथै सरकारले राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने पनि बताएको छ । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई सरकारको औपचारिक दृष्टिकोण प्रस्तुत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा नेपाल सरकार दृढताका साथ लागिरहेको बताउनुभयो । सरकारले सार्वभौम समानताको सिद्धान्त र राष्ट्रिय हितलाई

    • प्रकाशित मितिः बैशाख २८, २०७७
    • १७१ पटक पढिएको
    • "नेपाल रेखा"
  • अत्यावश्यक उद्योग संचालन गरिदै

    काठमाडौँ । सरकारले लकडाउन (बन्दाबन्दी)लाई जेठ ५ गतेसम्म बढाएसँगै कृषि, पशुपक्षी, औषधि, खाद्यान्न र विकास निर्माणसँग सम्बन्धित उद्योग खोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि निश्चित मापदण्ड अपनाएर अत्यावश्यक क्षेत्रका उद्योग, बैङ्क तथा वित्तीय संस्था र सार्वजनिक सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका तथा सहरी विकास आयोजनालाई स्वास्थ्य सजगतासहित निश्चित मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको जानकारी दिनुभयो ।खुला गरिने उद्योग, व्यवसायऔषधिरस्वास्थ्य सामग्री उद्योग, दुग्ध प्रशोधन, खाद्यान्न, खानेपानी, पशुपक्ष

    • प्रकाशित मितिः बैशाख २५, २०७७
    • ३०० पटक पढिएको
    • "नेपाल रेखा"
  • फरवार्डले २५ लाख राहत दिने

    दुहबी । कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले २५ लाख राहत दिने निर्णय गरेको छ । भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले २५ लाख मध्ये संघीय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख रुपैया प्रदान गर्ने निर्णय भएको संस्थाकी अध्यक्ष भगवति चौधरीले बताउनुभयो । उहाँका अनुसार वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहेको प्रदेश नं. १ मा प्रदेश सरकारलाई १ लाख र कोरोना प्रभावितलाई राहत बितरणका लागि १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने निर्णय गरिएको छ । प्रदेश नं. २, ३, ५ र सुदुरपश्चिम प्रदेश सरकारल

    • प्रकाशित मितिः बैशाख २५, २०७७
    • २६४ पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपालमा थप १७ जना कोरोना संक्रमित थप भए

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो । यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्प

    • प्रकाशित मितिः बैशाख २४, २०७७
    • १४१ पटक पढिएको
    • "नेपाल रेखा"
  • ६ जना भारतीय नागरिक डिस्चार्ज

    विराटनगर । कोसी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रबाट ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् ।कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गर्नुभएको थियो । कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद हुन् ।उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते उनीहरुलाई अस्पताल भर्ना गरी उपचार गरिएको थियो । अस्पताल

    • प्रकाशित मितिः बैशाख २४, २०७७
    • १७२ पटक पढिएको
    • "नेपाल रेखा"
  • दृष्टिविहीन शर्माद्वारा ५१औँ पटक रक्तदान

    विराटनगर । दृष्टिविहीन एक पुरुषले ५१ औँ पटक रक्तदान गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराटनगर–११ कमिटीद्वारा आयोजित रक्तदानमा विराटनगरका ४२ वर्षीय चिरञ्जीवी शर्माले उक्त रक्तदान गर्नुभएको हो । शर्माले तीन महिनाभित्र खेर जाने रगतले समुदायमा रहेका बिरामीलाई प्रयोग गर्न पाउँदा ज्यादै नै खुशी लाग्ने गरेको बताउँदै मोरङको विभिन्न क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यसरी नै सहभागी हुने गरेको जानकारी दिनुभयो । नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले रक्तदान दान जीवन दान भएकाले कोभिड–१९ को महामारीमा रक्तदान कम भइरहेको यस समयमा रक्तदान कार्यक्रमको आयोजनाबाट सामाजिक कार्यमा ठूलो का

    • प्रकाशित मितिः बैशाख २३, २०७७
    • १४६ पटक पढिएको
    • "नेपाल रेखा"
  • उपप्रधानमन्त्री पोखरेलसँग राष्ट्रसङ्घीय प्रतिनिधिको भेटवार्ता

    काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालस्थितसंयुक्त राष्ट्रसङ्घका संयोजक भ्यालेरी जुलियाण्ड र विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोश भ्याण्डेलारले शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरूबीच नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हाल जारी राखेको पहल र स्थितिबारे छलफल भएको रक्षा मन्त्रालयका सहप्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो । राष्ट्रसङ्घीय प्रतिनिधिहरूले सीमित स्रोत साधनका बीच नेपालले कोरोना रोकथाममा चालेका कदमहरू प्रशंसनीय रहेको र अन्य आवश्यक सहयोग परेमा उपलब्ध गराउने वि

    • प्रकाशित मितिः बैशाख २३, २०७७
    • ५७ पटक पढिएको
    • "नेपाल रेखा"
  • धनकुटामा विपत व्यवस्थापन गर्नका लागि विभिन्न निर्णय गरियो

    धनकुटा । धनकुटामा हुन सक्ने जस्तो सुकै विपतलाई पनि व्यवस्थापन गर्नका लागि सुरुमै सजकता अपनाई त्यसको तयारीमा पूर्व योजना सहित लाग्ने धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।कोरोना भाईरस विरुद्ध अहिले सम्म धनकुटामा भैरहेको अभियानको बारेमा समीक्षा गर्दै कोरोना भाईरसलाई धनकुटामा फैलन नदिई नियन्त्रण गर्नका लागि अझ सहजकता अपनाई सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र मनसुन परिर्वतन सँंगै अब हुन सक्ने बाढी पहिरो प्रकोपलाई समेत ध्यान दिई विशेष योजनाका साथ पूर्व तयारी गर्ने लगायतका विभिन्न निर्णयहरु धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले गरेको जिल्ला प्रशासन कार्यालय धनक

    • प्रकाशित मितिः बैशाख २३, २०७७
    • ३२८ पटक पढिएको
    • "नेपाल रेखा"
  • सामाजिक सुरक्षाभत्ता टोलटोलमै वितरण

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले टोलटोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जारी लकडाउनका कारण एकैठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागिएको हो ।” एघारवटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको जनाइएको छ ।वडाका सबै टोलमा सामाजिक दूरी कायम गरेर सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु गरिएको वडा नं १ का वडा

    • प्रकाशित मितिः बैशाख २३, २०७७
    • १८० पटक पढिएको
    • "नेपाल रेखा"
  • मौसममा सुधार आउन अझै दुई साता लाग्ने

    काठमाडौँ । पछिल्लो केही दिनयता मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाइएको छ । प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । “अहिले यो अवस्थालाई हेर्दा मौसममा सुधार आउन अझै दुई साता लाग्ने छ”, उहाँले भन्नुभयो । प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्ष

    • प्रकाशित मितिः बैशाख २१, २०७७
    • १७७ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]