संसद रामकुमारी चौधरीको नेतृत्वमा शहीद स्मृति विद्यालय परिसरमा सरसफाई "जिल्लामा संसदको सक्रियता"

  • कार्तिक २४, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । सुनसरीको इटहरी १९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालय परिसरमा सोमबार बिहान सरसफाई गरिएको छ ।


संघिय संसद तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश १ संसद उमिता बिक, संविधानसभा सदस्य सन्तोष थारुको नेतृत्वमा सो विद्यालय परिसरमा सरसफाई गरिएको हो ।


सरफाई कार्यक्रममा १९ नम्बर वडा अध्यक्ष श्री नारायण चौधरी, सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरी, प्रधानाध्यापक शिवचन्द्र राई, शिक्षक रिता फूयल साथै विद्यालयका अन्य कर्मचारी वर्गको समेत सहभागिता रहेको थियो ।
शहीद स्मृति विद्यालय परिसर सरफाई गर्न धरानबाटसमेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता, कार्यकर्ताहरु आएका थिए । धरानबाट नेकपा धरान इन्चार्ज तथा प्रदेश कमिटि सदस्य आइन्द्रविक्रम वेघा, इन्चार्ज चोत्लुङ्ग, राष्ट्रिय युवा संघ सुनसरी फ्याक्सर्न इन्चार्ज पूर्ण भुजेल (चिन्तन), संघका सुनसरी संयोजक भुवन याख्खाको नेतृत्वमा दर्जनौं युवाहरु सरसफाईमा सहभागि भएका थिए ।


त्यसैगरी नेकपा सुनसरी संगठन विभाग उपप्रमुख सपना परियार (सन्ध्या), नेकपा इटहरी उपमहानगर कमिटि सहइन्चार्ज भीम सुवेदी (सागर) अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला)को नेतृत्वमा इटहरीबाट नेता, कार्यकर्ताहरु सहभागि भएका थिए ।
रामधुनीबाट नेकपाका नेता दिनेश चौधरी र नेकपा सुनसरी जिल्ला कार्यालय उपसचिव पर्वत आचार्यको नेतृत्वमा आएको टोलीले सरसफाई गरेको थियो ।


विद्यालय परिसर सरसफाई कार्यक्रममा स्थानीय युवा क्लबहरुले पनि साथ दिएका थिए । लिवरल सोसाइटीका राजन बानियाँ, एकता युवा क्लबका तनोज गुरुङ्ग, चौतारी युवा क्लबका विमल शाक्य, सिर्जनशील युवा क्लबका भविन्द्र आचार्यको नेतृत्वमा युवाहरु सरसफाई कार्यक्रममा सहभागि भएका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले सरसफाई कार्यक्रम स्वास्थ्य प्रोटोकल अनुसार दुरी मेन्टेन गरी गरिएको बताए । अध्यक्ष गिरीले विद्यालय व्यवस्थापनसमितिका पूर्व अध्यक्ष केदार गुरागाई सहित स्थानीय जनता गरी १ सय जनाको संख्यामा सरसफाईमा कार्यक्रम गरिएको बताए । कोभिड–१९ का कारण सो विद्यालयमा पनि लामो समयदेखि पढाइ सुचारु हुन सकिरहेको छैन ।


संसद रामकुमारी चौधरी जिल्ला आएको बेला यस्ता सार्वजनिक कार्यक्रमहरुमा सहभागि भइरहेकी हुन्छिन् । यस पटक उनले शहीद स्मृति आवशीय विद्यालयको बैठक आव्हान गरिन् । त्यहाँका समस्याहरु बुझेर समाधानका लागि के गर्न सकिन्छ भनेर आफूले सोचिरहेको उनले बताइन् । जिल्लामा रहदा उनले यसपटक पनि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र शहीद, वेपत्ता परिवारहरुसँग भेटघाट गर्ने योजना रहेको बताइन् ।

IMG_20201109_081628

IMG_20201109_081628 IMG_20201109_082506 IMG_20201109_084356 IMG_20201109_084358 IMG_20201109_081606 IMG_20201109_082029 IMG_20201109_082446 124009338_360274395279445_3955033992979770755_n

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]