समाज

    Showing 41-50 of 181 items.
  • अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

    खोटाङ । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो । दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिनुभयो । “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हाम्रो पालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेक

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 364 पटक पढिएको
    • नेपाल रेखा
  • श्रमदानबाटै सिँचाइ योजना मर्मत

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन् । गाउँनजिक रहेको, रिजर्भ ट्याङ्कीदेखि करिब पाँच सय मिटर दुरीको पाइपलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइन विस्तार गरिएको बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार, ३५ घरधुरीबाट एक, एक जनाले श्रमदान गरेका थिए । यसअघि दुई इञ्चको पाइप राखिएकोमा समस्या भएपछि पाइपलाइनको

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 543 पटक पढिएको
    • नेपाल रेखा
  • दलित समुदायको विशेषाधिकारलाई सबै क्षेत्रमा दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ – प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने बताउनुभएको छ । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद जस्ता अमानवीय र निकृष्ट व्यवहार वर्गीय र राजनीतिक समस्या भएको उल्लेख गर्दै उहाँले यसलाई राजनीतिक रुपमा नै हल गर्न विशेषाअधिकारको नीति आवश्यक रहेको र यसलाई सबैतिर लागु गरेर लैजानुपर्ने बताउनुभयो ।जनयुद्

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 532 पटक पढिएको
    • नेपाल रेखा
  • सेभ द अर्थ संस्थाले स्वास्थ्य क्षेत्रमा गरेको कार्यले सुनसरीको ग्रामीण क्षेत्रमा परिवर्तन

    इटहरी । सेभ द अर्थ सुनसरीले सुनसरीका महिलाहरुको स्वास्थ्य क्षेत्रमा गर्दै आएको कामले विशेषगरी ग्रामीण क्षेत्रमा परिवर्तन देखिएको छ  । संस्थाले नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोेगहरुको जानकारी समुदायका मानिसहरू दिर्दै सचेतना स्तर बढाइएको छ । उपेक्षित उष्णप्रदेशीय रोगहरु बारे ग्रामीण क्षेत्रका अधिकतर सर्वसाधारण सचेत भएको पाइएको छ । संस्थाले भर्खरै सार्वजनिक गरेको सामाजिक परीक्षण रिपोर्टका आधारमा विद्यालयमा विद्यार्थीहरुलार्ईं स्वास्थ्य सेवाहरूका सम्बन्धमा चेतना अभिवृद्धि पनि गरिएको छ । आमा र बच्चाको स्वास्थ्यसम्बन्धी सचेतनाका लागि सेभ द अर्थ संस्थाले काम गर्दै आएको छ वट

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 504 पटक पढिएको
    • नेपाल रेखा
  • एचआइभी सङ्क्रमित स्वास्थ्य बिमाबाट बञ्चित

    गण्डकी । विभेद्को डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् । एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल दुई सय आठजना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बिमा हुनसकेको छैन ।“एक सय ७४ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ, समाजमा खुल्न नचाहने र विभेद्को डरले ३४ जना स्वास्थ्य बिमामा समेटिन सक्नुभएको छैन”, उहाँले भन्नुभयो, “उह

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 392 पटक पढिएको
    • नेपाल रेखा
  • सामुदायिक वनको आम्दानी सामाजिक काममा

    बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले सामाजिक विकासमा हातेमालो गर्दै आएको छ । काठ दाउरा बिक्री गरेर भएको आम्दानीबाट समुदायको विकासका लागि विभिन्न पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै स्थानीय उपभोक्तालाई जीविकोपार्जन र स्वरोजगार बनाउन अग्रसर रहेको छ । गाउँमा ग्रामीण विद्युतीकरण, खानेपानी योजना, सिँचाइका लागि मोटर तथा पाइप, सामुदायिक विद्यालयमा फर्निचरलगायत कार्यमा सामुदायिक वनले सहयोग गर्दै आएको समूहका अध्यक्ष भगानु थारूले जानकारी दिनुभयो । “हामीले समूहका सदस्य तथा उनका परिवारहरूलाई आवश्यक सहयोग गर्नुका साथै समुदायमा हुने हरेक पूर्

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 308 पटक पढिएको
    • नेपाल रेखा
  • भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण

    चितवन । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो । यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ । यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 426 पटक पढिएको
    • नेपाल रेखा
  • निःसाहय बालबालिका सेवा आश्रमको संचालक समितिमा पदाधिकारको लर्को

    इटहरी । इटहरी–४ मा रहेको निःसाहय बालबालिका सेवा आश्रमको ३८ औँ साधरणसभा तथा १३ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।असोज १६ गतेको साधरणसभाले निर्विरोध राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नँया कार्यसमिती चयन गरेको थियो ।सोही कार्य समितीलाई विहिवार आश्रमको सभा हलमा एक कार्यक्रमबीच पदस्थापन गराइएको हो ।वरिष्ठ उपाध्यक्षम बलबहादुर न्यौपाने, उपाध्यक्ष महेन्द्र अग्रवाल, सचिव रवि शंखर गौतम, सहसचिव लिचिन गौतम, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल, सहकोषाध्यक्ष इन्दिरा र सदस्यहरु सुमित्रा भट्टराई, सूर्यमणि निरौला, योगेन्द्र कटुवाल, गायत्री भट्टराई,मेनुका पाण्डे, प्रकाश महतो, अनिता कार्कीलाई कार्यक्रमका प्र

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 303 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

    नयाँ संविधान बन्नुअघि पत्रकारहरू एक थिए । पत्रकार नेतृत्वले श्रमजीवी पत्रकारको समस्या बुझ्ने गरेका थिए । पत्रकारको सुरक्षा हुनुपर्छ भनेर सबैले एकै स्वरमा बोल्ने गरेका थिए । २०७२ सालको संविधानमा पूर्ण प्रेस–स्वतन्त्रता लेखिएपछि भने त्यसैलाई महान् उपलब्धि करार गर्दै पत्रकारहरू पत्रकारिता कम राजनीति र सत्ताको दलाली बढी गर्न लागेको देखिन्छ । शालीग्राम पाण्डे । नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस–स्वतन्त्रता पदावली उल्लेख गरिए पनि व्यवहारमा अभिव्यक्ति स्वतन्त्रताका संवाहक पत्रकारहरू सुरक्षित छैनन् । रक्षक नै भक्षक भनेजस्तो राज्यको सुरक्षा निकायबाटै जानाजान र हाकाहाकी पत्रका

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 1,048 पटक पढिएको
    • नेपाल रेखा
  • चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई औषधि प्रदान

    चितवन । इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले एक लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ । ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गर्नुभयो । इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो । उक्त संस्थाले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनका लागि पशुपालन, सागसब्जीखेती, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहय

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 453 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]