निःसाहय बालबालिका सेवा आश्रमको संचालक समितिमा पदाधिकारको लर्को

  • मंसिर १४, २०८१ / नेपाल रेखा
alt

इटहरी । इटहरी–४ मा रहेको निःसाहय बालबालिका सेवा आश्रमको ३८ औँ साधरणसभा तथा १३ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
असोज १६ गतेको साधरणसभाले निर्विरोध राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नँया कार्यसमिती चयन गरेको थियो ।
सोही कार्य समितीलाई विहिवार आश्रमको सभा हलमा एक कार्यक्रमबीच पदस्थापन गराइएको हो ।
वरिष्ठ उपाध्यक्षम बलबहादुर न्यौपाने, उपाध्यक्ष महेन्द्र अग्रवाल, सचिव रवि शंखर गौतम, सहसचिव लिचिन गौतम, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल, सहकोषाध्यक्ष इन्दिरा र सदस्यहरु सुमित्रा भट्टराई, सूर्यमणि निरौला, योगेन्द्र कटुवाल, गायत्री भट्टराई,मेनुका पाण्डे, प्रकाश महतो, अनिता कार्कीलाई कार्यक्रमका प्रमुख अतिथी पूर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बाले सपथ ग्रहण गराएका थिए ।
आश्रमको पदस्थान कार्यक्रममा कार्य समितीका पदाधिकारी तथा सल्लहाकारहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।
कार्यक्रम निःसाहय बालबालिका सेवा आश्रमकी सस्थापक संचालिका गिता गौतमकोे अध्यक्षयतामा भएको कार्यक्रममा इटहरी उपमहानगर पालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे, इटहरी–१९ का वडा अध्यक्ष श्रीनारायण चौधरी,लगाएतको अतिथिहहरुको सहभगिता रहेको थियो ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]