इटहरी । सेभ द अर्थ सुनसरीले सुनसरीका महिलाहरुको स्वास्थ्य क्षेत्रमा गर्दै आएको कामले विशेषगरी ग्रामीण क्षेत्रमा परिवर्तन देखिएको छ ।
संस्थाले नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोेगहरुको जानकारी समुदायका मानिसहरू दिर्दै सचेतना स्तर बढाइएको छ । उपेक्षित उष्णप्रदेशीय रोगहरु बारे ग्रामीण क्षेत्रका अधिकतर सर्वसाधारण सचेत भएको पाइएको छ । संस्थाले भर्खरै सार्वजनिक गरेको सामाजिक परीक्षण रिपोर्टका आधारमा विद्यालयमा विद्यार्थीहरुलार्ईं स्वास्थ्य सेवाहरूका सम्बन्धमा चेतना अभिवृद्धि पनि गरिएको छ ।
आमा र बच्चाको स्वास्थ्यसम्बन्धी सचेतनाका लागि सेभ द अर्थ संस्थाले काम गर्दै आएको छ वटा गाउँपालिका र दुईवटा नगरपालिकामा आमा समूह रहेका छन् । प्रत्येक स्वास्थ्य स्वयंसेविकाले समूह निर्माण गरी मासिक रूपमा बैठक राख्ने र बैठकमा नियमित जाँदा आमा र बच्चाको स्वास्थ्य तथा पोषणसम्बन्धी छलफल हुने गरेको छ । आमा र बच्चाको स्वास्थ्य स्थितिबारे जानकारी हुँदा केही खतराको संकेत देखिएमा बेलैमा उपचार गर्न सुल्झाउने गरिन्छ ।
स्थानीय स्वास्थ्य संस्थाबाट सञ्चालन गरिने स्वास्थ्य सेवालाई उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी सेवालाई थप व्यवस्थित जनमुखी र प्रभावकारी बनाउन, स्वास्थ्य सेवाको सञ्चालन र व्यवस्थापनमा जनसहभागिता परिचालन गर्न नेपालको संविधानले स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई तालिम समेत दिइएको छ । यस्तै, नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोेगहरुको बारेमा स्वास्थ्यकर्मीहरु, आमा समूह, स्वास्थ्य स्वयम्सेविका र निर्वाचित जनप्रतिनिधीलाई पनि तालिम दिइएको छ ।
सुनसरीका विभिन्न स्थानमा डेंगु संक्रमणको जोखिम विभिन्न समयमा बढ्ने गरेको छ । स्थानीय तहले डेंगु रोकथामका लागि ‘खोज र नष्ट गर’अभियानमा सेभ द अर्थको विश्वास परियोजनाले पनि सपोर्ट गर्दै आएको सामाजिक परीक्षण रिपोर्टमा उल्लेख छ । उपेक्षित उष्णप्रदेशीय रोेगहरुबाट पीडित भएकाहरुको अवस्था बुझन घर भ्रमण गर्नुका साथै कुष्ठरोग तथा हात्तीपाइलेबाट प्रभावित बिरामीलाई थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरसँगै लालगढ र आनन्द वन अस्पताल पठाइएको छ ।
सेभ द अर्थ संस्थाले गर्दै आएका कामा स्वास्थ्य आमा समूहको नियमित बैठक हरेक महिना बसेर आमा समूहमा आबद्ध महिलाहरुको समग्र स्वास्थ्य अवस्थाबारे छलफल गर्ने गरिएको छ । परियोजना सुरु भएपछि गर्भवती महिलाहरुले नियमित स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउने गरेका छन् । साथै, स्वास्थ चौकीका बर्थिङ सेन्टरमै वच्चा जन्माउने गरेका छन् । आमा समुहको बैठकमा गर्भावस्थामा महिलाहरुमा आउने परिवर्तन, जोखिम तथा सुत्केरी भएपछि ध्यान दिनु पर्ने विषयमा छलफल हुने गरेको छ ।
यस्तै, स्वास्थ्य आमा समूहको बैठकमा स्वास्थ्य स्वयमसेविकाहरुको समेत सहभागिता रहने हुँदा खोप लगायतका विषयमा समेत छलफल हुने गरेको छ । आमा समूहले बैठकमा उठाएका कतिपय सवालमा स्वास्थ्य स्वयम्सेविकाले संस्था संस्थाका सिनियर स्वास्थ्यकर्मीसँग आवश्यक जानकारी लिएर गाउँमा आमा समूहका सदस्यलाई प्रस्ट पार्ने गरेको पाइएको छ ।
परियोजनाका राम्रा पक्षलाई स्थानीय तहले नीति, नियम, कार्यविधिमा समावेश गर्ने गरेको पाइएकोछ । साथै, स्थानीय सरकारले परियोजनामा अहिले चलिरहेका उपेक्षित उष्णप्रदेशीय रोगबाहेक स्वास्थ्यका अरु क्षेत्रमा पनि काम गरेमा अझै उपलब्धी हुने ठानेका छन् । जनप्रतिनिधि तथा सरकारी नियमनकारी निकाय स्वास्थ्य संस्थाले उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिन थालेको पाइएको छ । यी रोगबाहेक जनप्रतिनिधी तथा सरकारी नियमनकारी निकायले संस्थाका अरु क्षेत्रमा पनि गम्भीर भएर लाग्ने गरेको पाइएकोछ । स्वास्थ्य संस्थाले बेला बेला स्वास्थ्य शिविर गर्नुका साथै विभिन्न रोगसँग सम्बन्धित राखेर सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
सेभ द अर्थ संस्थाको यस कार्यले सरकारद्धारा उपलब्ध सबै औषधी स्वास्थ्य केन्द्रमा राख्न दबाब पुगेको पनि प्रतिवेदनमा उल्लेखछ । स्वास्थ्यर्कीलाई सुशासन र पारदर्सीताप्रति सजग गराएको पाइएकोछ । स्वास्थ्य मापदण्ड अनुसार बर्थिङ सेन्टरहरु सञ्चालनमा रहेको पाइएको छ । बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीहरुले अवस्था अनुसार नजिकको स्वास्थ्य संस्थामा थप उपचारको लागि समन्वय गर्ने गरेको पाइएको छ ।
स्वास्थ्य संस्थामा शौचालय स्वच्छ, सफा, अपाङ्गतामैत्री निर्माण गरेको पाइएको छ । हरेक स्वास्थ्य संस्थामा नागरिक वडापत्र राखेको पाइएको छ । पारदर्सीताका लागि यो अत्यन्त सकारात्मक पक्ष हो । यद्यपी, केही स्वास्थ्य संस्थाका वडापत्र भने मेटिएकाले गर्दा तत्काल व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
त्यसो त अधिकतर स्वास्थ्य संस्थामा गुनासो गर्ने गुनासो पेटिका छैन् । जसले गर्दा यसमा सुधार गर्नैपर्छ । कतिपय स्वास्थ्य संस्थामा सरकारले निःशुल्क प्रदान गर्ने औषधीको अभाव हुने गरेको पाइएको छ । यसमा सुधार गर्नुपर्ने देखिएको छ । परियोजना अन्तर्गत वार्षिक बजेट तय गर्दा जुन स्थानमा कार्यक्रम सञ्चालन गरिने हो, त्यहाँको स्थानीय तहसँग समन्वय गरेर गर्दा थप प्रभावकारी हुने देखिएको छ ।
रिपोर्टमा हरेक स्थानीय सरकारले आफ्नो क्षेत्रमा बिरामीलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्स सेवा प्रवाह गर्दा थप स्वास्थ्य सेवा प्रभावकारी हुने उल्लेख छ । परिवार नियोजन कार्यक्रमलाई सफल पार्नका निम्ति थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ । सचेतनामूलक कार्यक्रम गर्दा नाट्यकलामार्फत गर्दा अझ प्रभावकारी हुने देखिन्छ ।
सेभ द अर्थ संस्था रामधुनी सुनसरीले स्थानीय तहसँगको सहकार्यमा विश्वास परियोजना अन्तर्गत सुनसरीको आठवटा पालिकाहरु बर्जु, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह, गढी, दुहबी नगरपालिका र इनरुवा नगरपालिकामा स्वास्थ्य सेक्टरमा काम गर्दै आएको छ ।
सेभ द अर्थ सुनसरीले जीविकोपार्जन, जनस्वास्थ्य, सशक्तीकरण, वातावरण र सुशासन र मानवीय सेवामा केन्द्रित छ । लक्षित लाभग्राहीमा महिला, आदिवासी जनजाति, बालबालिका, सीमान्तकृत किसान, दैनिक ज्यालादारी मजदुर र खाँचोमा परेका व्यक्तिहरू रहेका छन् । सेभ द अर्थ सुनसरी उनीहरूसँग प्रत्यक्ष रूपमा काम गर्दछ र सामाजिक–आर्थिक, सांस्कृतिक र राजनीतिक कमजोरीहरूलाई कम गर्न उनीहरूको क्षमतालाई बलियो बनाउन प्रयास गर्दछ । सेभ द अर्थ सुनसरीले फेयरमेड फाउण्डेशन नेपालको सहयोगमा कोशी प्रदेशको सुनसरीमा ‘उपेक्षित टूपिकल रोग प्रभावित र जोखिमु मा रहेकाहरुको हितमा काम गर्दै आएको छ ।