अर्थ–वित्त

    Showing 41-50 of 279 items.
  • व्यास नगरपालिकाद्वारा ५२ जना गर्भवतीलाई पोषण भत्ता वितरण

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही पाँच हजारका दरले दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो आवमा २४३ जना गर्भवतीलाई १२ लाख २५ हजार भत्ता वितरण गरेको थियो । हालसम्म २९५ जना गर्भवतीका लागि १४ लाख ८५ हजार पोषण भत्तामा खर्च भएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत उनीहरूलाई रकम प्रदान गर्ने गरिएको छ । गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गर

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 410 पटक पढिएको
    • नेपाल रेखा
  • धरान कार्यपालिकाबाट दुई अर्ब २० करोडको बजेट तथा नीति कार्यक्रम पारित

    धरान । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्दै यही असोज ४ गते नगरसभामा अनुमोदनका लागि प्रस्तुत गरिने भएको छ ।धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष तथा नगर प्रवक्ता सूर्यप्रसाद भट्टराई (मनोज)का अनुसार कार्यपालिका बैठकले दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको कुल बजेट साथै नीति तथा कार्यक्रम पनि बैठकबाट पारित गरिएको छ ।यसअघि गत भदौ २६ गते नगरसभा गर्ने तय भए पनि जेनजी आन्दोलनका क्रममा धरानमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण कार्यक्रम स्थगित गरिएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थ

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 871 पटक पढिएको
    • नेपाल रेखा
  • उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

    काठमाडौँ I पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् ।  मङ्गलवार राति १० बजेदेखि आज बिहान १० बजेसम्म देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न भएका उनीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो । सुरक्षा निकायले काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिबाट रु ३३ लाख ७० हजार बरामद गरिएको सेनाले जनाएको छ ।  काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद भएका छन्

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 475 पटक पढिएको
    • नेपाल रेखा
  • सवा चार करोड नगद र नौ किलो सुन बरामद

    काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार करोड २५ लाख ५० हजार नगद, नौ किलो आठ सय ३७ दशमलब ९६ ग्राम सुन र तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी बरामद गरेको छ ।गोर्खा जिल्ला गोर्खा नगरपालिका–६ गोर्खा बसपार्क घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरमद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गर

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 464 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्व विद्यार्थीद्धारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी वडा नं. २ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पूर्व विद्यार्थी रामकुमारले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत निस्मा चौधरी, आस्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बु र रुपक बुढाथोकीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार जनही चार हजार ३७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो । सो रकम रामकुमारका बाबुआमा इटहरी वडा नं. २

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 497 पटक पढिएको
    • नेपाल रेखा
  • सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको छ ।सोरु गाउँपालिका–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार प्राप्त भएको थियो । योजना सम्झौता बमोजिम जनश्रमदान तीन लाख ७३ हजार ४३९ हजार गरी सडक निर्माणको कूल लागत ४० लाख १३ हजार ४३९ तय गरिएको थियो ।त्यसमा तोकिए बमोजिम काम नगरी बढी काम गरेको देखाएर सात लाख छ हजार ७९९ बराबर भ्रष्टाचार गरेको पाइ

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 545 पटक पढिएको
    • नेपाल रेखा
  • काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका मुद्दाका चाङ

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् । सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् । आव २०८०–८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१–८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 555 पटक पढिएको
    • नेपाल रेखा
  • बाइस लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

    नेपालगन्ज । बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मङ्गलबार राति नेपालगन्ज १४ का २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गरिएको थियो । त्यस क्रममा नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ सहित ब्राउनसुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 453 पटक पढिएको
    • नेपाल रेखा
  • सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद

    रौतहट । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१–८२ मा पाँच करोड ७४ लाख दुई हजार ६९९ मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले गत आवमा सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुनेक्रम उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिनुभयो । “गत आवमा मात्रै दुई करोड ३१ लाख ४७ हजार मूल्य पर्ने स्कोरपियो गाडीदेखि साइकलसम्मका सवारीसाधन बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “सोही अवधिमा दुई करोड ४८ लाख ४५ हजार ६५३ मूल्य पर्ने अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्टस्का समान

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 509 पटक पढिएको
    • नेपाल रेखा
  • सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ । बिहीबार प्रतितोला एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।यस्तै, चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 409 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]