बाइस लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

  • साउन २९, २०८२ / नेपाल रेखा
alt

नेपालगन्ज । बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मङ्गलबार राति नेपालगन्ज १४ का २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गरिएको थियो । त्यस क्रममा नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ सहित ब्राउनसुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो ।
यस्तै, उनको घरबाट सुनचाँदीका विभिन्न गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ । घटनामा अवरोध सिर्जना गर्न खोजेका चार जनालाई पक्राउ गरिएको र तीमध्ये दुईलाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा लिइएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]