सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

  • भदौ २, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको छ ।
सोरु गाउँपालिका–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार प्राप्त भएको थियो । योजना सम्झौता बमोजिम जनश्रमदान तीन लाख ७३ हजार ४३९ हजार गरी सडक निर्माणको कूल लागत ४० लाख १३ हजार ४३९ तय गरिएको थियो ।
त्यसमा तोकिए बमोजिम काम नगरी बढी काम गरेको देखाएर सात लाख छ हजार ७९९ बराबर भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र सवइञ्जिनियर जगतबहादुर मल्ल विरुद्ध सात लाख छ हजार ७९९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
सोरु गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाको श्रम कार्यदल उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छन्त्याल, सहसंयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाई विरुद्ध समान बिगो माग दाबी गरिएको छ ।
अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नं १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाही विरुद्ध कैद र जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]