पूर्व विद्यार्थीद्धारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

  • भदौ १७, २०८२ / नेपाल रेखा
alt

इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी वडा नं. २ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पूर्व विद्यार्थी रामकुमारले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत निस्मा चौधरी, आस्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बु र रुपक बुढाथोकीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।

उनका अनुसार जनही चार हजार ३७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो । सो रकम रामकुमारका बाबुआमा इटहरी वडा नं. २ आँपगाछीमा बसोबास गर्दै आएका समाजसेवी भुवनाथ घिमिरे र दिव्याश्वरी घिमिरेले एक कार्यक्रम गरि विद्यार्थीलाई प्रदान गरेका हुन् ।

सहयोगी दाता रामकुमारकै योजना अनुसार आर्थिक अवस्था कमजोर भएका त्यसमा पनि बाबुआमा गुमाएका वा बाबुआमामध्ये एक जना नभएका छात्रछात्राहरुलाई छनोट गरि उनीहरुको सिकाइमा थप टेवा पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]