पथरी । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई । बन्दाबन्दीको असरले निर्माण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइ–नभ्याइ छ ।राईले दुई वर्षअघि ठूलो चुनैती मोलेर एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेका थिए । विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेका उनले एक वर्षमै बिरुवा बेचेर लगानीसमेत उठाइसकेका छन् ।तीन महिनासम्म १५–२० कामदार लगाएर रोपेको तीन हजार दुई सय पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ । राईको फार्ममा सायमा रेड सी प्रजाति (रातो
बलेवा । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन्। सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । मकैबालीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल हालेनन् । घरमै उत्पादन हुने प्राङ्गारिक र गोबर मलको भरमा उनले खेतबारीबाट राम्रै उत्पादन लिने गर्
वालिङ । गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ ।वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृिष विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए । “गण्डकीका एघारवटै जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास श्रोत केन्द्रले विशेष गरी बीउ खाद्यान्न तथा तरकारीबालीका विभिन्न प
धिरेन्द्रकुमार चौधरी रामधुनी । युरीया मल किन्न सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ का कृषकहरू आइतबार रातभरी र सोमबार दिनभरी लाइनमा बसेका छन् ।आइतबार युरीया मल आएकोले सोमबार बिहान १० बजेदेखि युरीया मल बिक्री हुने खबर पाउना साथ किसान थाह पाएर रातिदेखिनै लाइनमा बसेका हुन् । मल बिक्रि केन्द्र बिहान १० बजे खुल्ने र ५ बजे बन्द हुने गर्छ । अगाडि लाइनमा बसेपछि मल पाउने आशामा एक दिन अगाडिदेखिनै किसान लाइनमा बस्न बाध्य भएका हुन् । लाइनमा आ– आफ्ना बोरा राखी आफ्न्तकोमा र चौतारामा कुरेर किसान बसेका थिए ।रामधुनी नपा–९ मा नव जागरण महिला कृषि सहकारी संस्थाले मल बिक्री गर्छन् । सोमबार त्यहाँ म
पर्वत । रासायनिक मल विनै धान रोपाइँ गरेका पर्वत जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरु चिन्तित बनेका हुन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् । पर्वतमा पर्याप्त मल आयात नहुँदा कृषकले आवश्यकताअनुसार मल पाउन नसकेका हुन् । जिल्लामा मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्रले माग अनुसार मल नआउँदा कृषकलाई आवश्यकताअनुसार वितरण गर्न नसकिएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा वर
धिरेन्द्रकुमार चौधरी बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका कृषि क्षेत्रले भरिएको छ । यहाँ धान बाली, मकै तोरी बाली कृषकहरूले खेतमा लगाउने प्रमुख बालिको रुपमा रहेको छ । यस बाहेक यहाँ खाद्यान्नका लागि बिभिन्न बाली लगाउने गरिएको छ । यहाँका कृषकहरूको आम्दानीको श्रोत पशुपालन रहेको छ । यस क्षेत्रमा गाई, बाख्रा पालन कृषकहरूले गर्दै आएका छन् ।बराहक्षेत्र नगरपालिका कार्यालय कृषि शाखाकी कर्मचारी शकुन्तला पौडेलका अनुसार ५० प्रतिशत अनुदान रकममा यहाँका कृषकलाई पावर टिलर ३८, मिनि पावर टिलर ४१, धान काट्ने मेसिन १९ थान र मकै छोडाउने मेशिन ३१ थान वितरण गरिएको छ । यहाँका कृषक समूह र सहकारी संस्थामा वितर
वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए ।“बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ”, उनले भने । उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटे
कास्की । पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई पाँच लाखका दरले अनुदान वितरण गरेका हुन् । ‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रमअन्तर्गत महानगरले बर्सेनि बाख्रापालक कृषक तथा कृषक समूहलाई अनुदान तथा सहयोग रकम प्रदान गर्दै आएको छ । यस वर्ष अनुदानप्राप्त गर्ने कृषक समूहमा मिलीजुली बाख्रापालन कृषक समूह पोखरा–१३ आर्वा, सराङकोट बाख्रापालन समूह पोखरा–१८, लगनशील बाख्रापालन क
कुमोद अधिकारी विराटनगर । कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगरको तेश्रो चौमासिक तथा बार्षिक समीक्षा गोष्ठि विराटनगरमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको गोष्ठिमा सो कार्यालय अन्तर्गत प्रदेश १ का १४ वटा जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्बन्धि प्रयोगशालाहरुले गत आर्थिक बर्षमा गरेको काम तथा प्रगतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले कार्यालयले गत आर्थिक बर्षमा ८७ दशमलव ७३ प्रतिशत भारित प्रगती तथा ८० दशमलव ८३ प्रतिशत वित्तीय प्रगती हासिल गरेको बताए । गतवर्ष संचालित कार्यक्रमबाट ३७ हजार २ सय ६४ किसान लाभान्वित भएको उनल
रुकुम । लसुनको पकेट क्षेत्र रुकुम (पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो ५० देखि ६० पर्छ । चुनवाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो १०० का दरले लसुन बिक्री गर्न चाहन्छन् । एक किलोको १०० मा कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घरघरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताउनुभयो । अहिले आफूसँग मात्रै १० क्विन्टलको हारहारीमा लसुन भएको उहाँको भनाइ थियो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गर्नुभएको खड्काले अ