मोरङमा कृषि ज्ञान केन्द्र स्थापना

  • असोज ८, २०७९ / नेपाल रेखा
alt

मोरङ । प्रदेश नम्बर १ कृषि मन्त्रालयले यहाँ कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको छ ।
जिल्लाका १७ स्थानीय तहका कृषकलाई बाली, बागवानी, कृषिउपजमा लाग्ने रोग तथा किरा नियन्त्रण, कृषिसम्बन्धी सम्पूर्ण कार्यक्रम, कृषि अनुदान एवं कृषि क्याम्पसका विद्यार्थीलाई अध्ययनमा समन्वय गर्नेलगायत कार्य केन्द्रबाट हुने कार्यालय प्रमुख रामदेव सिंहले बताए । कृषिमन्त्री झलकबहादुर मगरले केन्द्रको शुभारम्भ गर्दै ज्ञान केन्द्रको स्थापनाले कृषि उत्पादनको आयात न्यूनीकरण गर्ने राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए ।
उनले सङ्घीयताको मर्मअनुसार प्रदेश सरकार कृषि क्षेत्रमा आबद्ध जनताको समृद्धि कायम गर्न आवश्यक सेवा एवं सहयोग गर्न प्रतिबद्ध रहेको धारणा राखे । मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिनाले व्यावसायिकरुपमा जिल्लाका पालिकामा कृषकका उत्पादनलाई उचित मूल्य प्राप्त गर्न शीतभण्डार स्थापनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कृषि उत्पादनमा मोरङको महत्व रहेको छ भन्दै कार्यालयको स्थापनाले कृषि उत्पादन आयात प्रतिस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कृषि विकास कार्यालयका निर्देशक प्रकाश डाँगी, बूढीगङ्गा गाउँपालिकाका प्रमुख जितनारायण थापामगर, जहदा गाउँपालिकाका प्रमुख जीतेन्द्रप्रसाद साह र कृषक कोपिन्द्र सिंहल विगत मोरङमा कार्यालय स्थापनाले कृषकलाई सुनसरी जिल्ला धाउनुपर्ने समस्या अन्त्य भएकोमा खुसी व्यक्त गरे । प्रदेशका १४ जिल्लामध्ये ११ जिल्लामा केन्द्र स्थापना भइसकेको थियो भने तेह्रथुममा यही असोज ९ गते र ताप्लेजुङमा असोज १० गते कार्यालय स्थापना हुने भएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]