सरस्वती पोखरेलको फेरिदो प्रचार शैली - धान काट्दै मत माग्दै

  • कार्तिक २२, २०७९ / नेपाल रेखा
alt

इटहरी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मिति जति नजिक आउँदैछ, उमेदवार र दलका नेता, कार्यकर्ताहरुको मत माग्ने शैली त्यत्तिकै फेरिदो छ ।
सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३, प्रदेशसभा क्षेत्र नम्बर १ की उमेदवार सरस्वती पोखरेल (डाँगी) ले धान काट्दै मत मागिरहेकी छन् । निर्वाचनको प्रचार प्रसारको लागि मतदाताको घर घरमा पुगेकी पोखरेलले खेतमै पुगेर किसानसँगै धान काट्दै मत मागेको नेकपा माओवादी केन्द्र खनारका नेता दीपक विकले बताए ।
विककाअनुसार इटहरी १२, १३ घर दैलो कार्यक्रम गर्ने क्रममा महिला मतदाताले धान काटेको देखेर बाम लोकतान्त्रिक गठबन्धन सुनसरी प्रदेश क्षेत्र १ उमेदवार सरस्वती पोखरेल पनि धान काट्न सहभागी भइन् र मत मागिन् ।
घर दैलो अभियानकै क्रममा बाम लोकतान्त्रिक गठबन्धनको नीति तथा कार्यक्रम मन पराएर नेकपा एमाले सुनसरी जिल्ला सदस्य रियाज आलमसहित नगर सदस्यहरु माओवादी केन्द्रमा समाहित भएको पोखरेल उमेदवार भएको क्षेत्रका चुनाव प्रचार प्रसार संयोजक राजन काफ्लेले बताए । माओवादी केन्द्र प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगीले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
मतदाता भेटघाटलाई तिव्रता दिएकी पोखरेलले दुहबी–२, ३, ४ मा घरदैलो अभियान गरेकी छन् । त्यसैगरि, इटहरी–९ र ११ मा पनि घरदैलो गरिएको संयोजक काफ्लेले बताए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]