प्रहरी संगठन जनताका पहिलो सरकार हो – मुख्यमन्त्री कार्की

  • असार १, २०८३ / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आइतबार आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उनले प्रहरी सङ्गठनमाथि उठेको प्रश्न र जिज्ञासाप्रति सङ्गठन जिम्मेवार बत्रुपर्ने विचार राखे ।
मुख्यमन्त्री कार्कीले प्रहरी सङ्गठनलाई बलियो बनाउने समयमा नियन्त्रणमा राख्ने सोच र प्रवृत्तिले अपराध अनुसन्धानमा गम्भीर असर पर्ने भन्दै सङ्गठनलाई समयानुकूल बनाउन साधन, स्रोत र व्यवस्थापकीय कमी कमजोरीलाई राज्यले पूरा गर्नुपर्ने धारणा राखे ।
उनले प्रहरीको नीति र ऐनलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै ‘डिएनए’ परीक्षण गर्ने प्रयोगशाला निर्माण र ‘डिजिटल’ प्रणालीमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा स्थापना गर्न र सुशासनअन्तर्गत अपराध अनुसन्धानमा प्रहरी सङ्गठनले इमान्दारीपूर्वक आफ्ना जिम्मेवारी निर्वाह गरिरहेको धारणा राख्दै प्रहरीले अनुसन्धानमा त्रुटि हुन नदिन र कानुनको परिधिभित्र रही काम गर्न सुझाव दिए ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले अपराध अनुसन्धामा देखिने त्रुटि र कमीकमजोरीलाई निवारण गर्न गोष्ठी फलदायी बत्रे विश्वास व्यक्त गरे । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रहरीको सफल अनुसन्धानबाट नै पीडित नागरिकले न्याय पाउने भएकाले यसतर्फ गम्भीर बत्रुपर्ने धारणा राखे। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले विज्ञान, सूचना प्रविधि एवं सञ्चारले मानव जीवनलाई सहज बनाएपनि अपराध अनुसन्धानतर्फ जटिलता र चुनौती थपिएको जानकारी दिए ।
उनले प्रमाणका आधारमा अनुसन्धानसहित क्षमता विकास जरुरी रहेको चर्चा गर्दै गोष्ठीबाट आउने निष्कर्षले अपराध अनुसन्धानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले सुशासनको अनुभूति भएमा मात्र जनताले राज्यप्रति विश्वास गर्ने बताए ।
जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाबहादुर भुसालले न्याय जहिले पनि अनुसन्धानको घेराभित्र रहने भएकाले प्रहरीले गर्ने अनुसन्धानमा गम्भीर हुनुपर्ने धारणा राखे । उनले अपराधीले पनि विज्ञान र प्रविधिको प्रयोग गर्नाले अनुसन्धामा थप चुनौती छ भन्दै अनुसन्धानलाई गुणस्तरीय बनाउन प्रहरी सङ्गठनले अन्तर निकायसँग सहकार्य एवं सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिए ।
एकदिने सो गोष्ठीमा कोशी प्रदेशका सबै जिल्लाका प्रहरी उपरीक्षक तथा अनुसन्धान अधिकृतहरूको सहभागित रहेको छ ।

प्रतिनिधिसभा–सांसदद् ...

काठमाडौँ । सांसदहरुले हात्तीको आक्रमण, चिया निर्यातमा भ ...

राहत शिक्षकका पेशागत ...

जब देश माओवादी द्वन्दको चरम उत्कर्षमा २०५९ सालमा पुगेको ...

विश्वकप फुटबल – ट्यु ...

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ...

फेवातालमा डुङ्गा सयर ...

पर्यटकीय राजधानी पोखरा घुम्न आएका पर्यटक फेवा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]