दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो खानेकुरा र परिवारसँगको भेटघाट बढ्ने समय हो यो। सामाजिक सञ्जालमा नयाँ लुगा लगाएका, परिवारसँग रमाएका र खुसी देखिएका तस्बिरहरू पनि धेरै देखिनेछन्। धेरैका लागि दशैं माया, भेटघाट र अपनत्वको पर्व हो। तर सबैका लागि यो समय उस्तै हुँदैन। कसैलाई एक्लोपन लागिरहेको हुन सक्छ, कसैले आर्थिक तनाव भोगिरहेका हुन सक्छन्, कसैले प्रियजन गुमाएको पीडा सम्झिरहेका हुन सक्छन्, त कसैका लागि पारिवारिक भेटघाट नै गाह्रो हुन सक्छ। एउटा तस्बिरले एउटा क्षण देखाउँछ, पूरै जीवन होइन। तस्बिरमा हाँसिरहेको परिवारभित्र कुनै चिन्ता लुकेको हुन सक्छ। आफन्तको भीडमा बसेको व्यक्तिले प
सम्मानीय प्रधानमन्त्रीज्यू, सत्ता सम्हालेको सय दिन कुनै पनि सरकारको सफलताको अन्तिम मापन होइन । तर सरकार कुन दिशामा अघि बढ्दै छ, उसका प्राथमिकता के हुन्, जनतासँग गरेका प्रतिबद्धताप्रति कति गम्भीर छ र शासन सञ्चालनको शैली कस्तो छ भन्ने मूल्यांकन गर्ने प्रारम्भिक आधार भने अवश्य हो । यही सन्दर्भमा तपाईंको नेतृत्वमा सरकारले थालेका केही प्रयासले आम नागरिकमा आशा जगाएको छ भने केही क्षेत्रमा अझै धेरै अपेक्षा बाँकी छन् । तपाईंले शासनको केन्द्रमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अहिलेसम्म आएका समाचार र सरकारी दावा अनुसार उच्च पदस्थहरूको सम्पत्ति छानबिन, प्रशासनि
निरंजनकुमार साहधनुषा । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस धनुषा जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण धनुषाका धेरै दलित समुदाय अझै विकासको मूलधारबाट पछाडि रहेका छन् ।धनुषामा मुख्य रूपमा डोम, चमार, पासवान, मुसहर, तत्मा, खत्वे, हलखोर, धोबीलगायत दलित समुदायको बसोबास रहेको छ । जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका तथा ग्रामीण क्षेत्रका विभिन्न बस्तीमा यी समुदायको वसोवास उल्लेख्य रहेको छ । जनकपुरधा
दाने बोहरा हुम्ला । हुम्ला जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती छ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा यतिकै बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी सीमा पास बनाएर चीन जाने र आम्दानी गरी फर्कने गर्दछन् ।पछिल्ला वर्षहरूमा उनीहरू जङ्गलमा जडीबुटी सङ्कलन गर्न जानुभन्दा ताक्लाकोटमा घरयासीदेखि खेतबारीको काम गर्न चीनतर्फ जाने गरेका छन् । चीन पुग्ने सङ्ख्या बढ्
नवीन रिजाल दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक
– राजन केडी उत्पीडित जनताको मुक्ति र स्वतन्त्रताका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेतृत्व गरेको सफल जनयुद्धका क्रममा दर्जनौँ फौजी कारबाहीको अग्रमोर्चामा खटिएकी कमरेड लताको पारिवारिक नाम लक्ष्मी न्यौपाने हो । मोरङ, इन्द्रपुरका भरतप्रसाद–शारदादेवी न्यौपानेकी छोरी कमरेड लताको राजनीतिक यात्रा २०५५ सालमा अखिल क्रान्तिकारी सुकुना माध्यमिक विद्यालय कमिटीको अध्यक्षमा छनोट भएसँगै सुरु भएको हो । त्यसयता जनमुक्ति सेनाको राजनीतिक कमिसार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश नम्बर १ सदस्य, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको प्रदेश १ अध्यक्षसम्म उनको प्रेरणादायी राजनीति
सुवास दर्नालसोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उहाँको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौँमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो । “यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ”, उहाँले बताउनुभयो । प्रजननमै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाउनुभयो । उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य ज
सन्जीत कुमार मण्डलजलेश्वर । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत हुनुहुन्छ । पहिले इशारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्
अजितकुमार झाइनरुवा । सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन् ।घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किंदै छन् । विसं २०६५ भदौ २ गते कोसी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्ण रुपमा तथा लौकही गाविस आंशिक रुपमा डुबान भएका थिए । यो दिन कोसीपीडितले कालो दिनका रुपमा लिन्छन् । साबिक पश्चिम कुशाहा गाविस–४ स्थित कोसी नदीको पूर्वी तटबन्धकोे स्पर नं १२ दशमलव १० तथा स्पर नं १२ दशमलव ९० को बीचमा पानीको ध
अनिष विष्टसङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–१ मा रहेको घोर्ले झरना आन्तरिक पर्यटकहरुमा निकै लोकप्रिय छ । झरनाको आसपास पूर्वाधार विकास सँगै आतजावतमा समेत सहज बनेपछि आन्तरिक पर्यटनमा बृद्धी भएको हो । गर्मीको मौसममा अग्लो छाँगोबाट ढुंगामा बजारिँदै झरेको झरनाले चिसो पानीमा रम्नकालागि जोकोहीको मन लोभ्याउने गर्दछ । जंगलको बीचमा १९१ मिटर अग्लो घोर्ले झरना निकै मनमोहक छ । कुसुवा खोलाबाट झरेको यो झरना तीनतला भएर बगेको छ । सबैभन्दामाथि पानीको छाँगा ९ मिटर, त्यसभन्दा तलको ६५ मिटर र अन्तिमको १ सय १७ मिटर अग्लो छ । अन्तिम छाँगा सबैभन्दा लामो भएकाले दिनमा प्रायःजस