उद्यमशिलता

    Showing ११-२० of २६ items.
  • भारतको वथनाहबाट विराटनगरसम्म कार्गो रेल्वे सञ्चालनमा ल्याइने

    मोरङ । नेपालको छिमेकी देश भारतको वथनाहबाट मोरङ जिल्लाको विराटनगरसम्म कार्गो रेल्वे सेवा सञ्चालनमा ल्याइने भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनमा ल्याइनु अघि तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने बताएका छन् । छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आइरहने अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको बताए । यसबाट राहत पाउन मालवाहक रेल्वे सहयोगी हुने बताए । भारतीय रेल्वे, ड

    • प्रकाशित मितिः श्रावण ९, २०७९
    • १३५ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा बजार अनुगमन गर्दा म्याद गुज्रिएका सामाग्री भेटियो

    इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको हटिया लाईनका केही पसलहरुमा म्याद गुज्रिएका सामानहरु फेला परेपछि नष्ट गरिएको हो ।अनुगमनका क्रममा खाद्य पसलहरुमा विक्रीका लागि राखिएका केही सामानहरुको म्याद गुजिए्रको पाइएको र यस अघि इटहरीकै अन्य पसलहरुमा पनि अनुगमन गर्दा पनि केही पसलहरुमा म्याद गुज्रिएको सामान फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमि

    • प्रकाशित मितिः असार १७, २०७९
    • ६० पटक पढिएको
    • नेपाल रेखा
  • सनेश सहकारीद्वारा उन्नत जातको बाख्रा बितरण

    रामधुनी । इटहरी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको सनेश कृषि सहकारी सस्था लि. ले उन्नत जातका बोयर बाख्रा संस्थाका आठ जना शेयर सदस्यलाई बितरण गरेको छ ।बाख्राको नश्ल सुधारका लागि बितरण गरिएको हो । बोयर बाख्रा पाउनेमा संस्थाका आठ जना सदस्यहरु पुष्पलाल चौधरी, गोविन्द चौधरी, बिनोद चौधरी, सिरबिङ राई, अशोक चौधरी, उषा गुरुङ, उर्मिला चौधरी, लालु चौधरी रहेका छन् । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा न. १८ का वडा अध्यक्ष रामकुमार चौधरी, संस्थाका अध्यक्ष राजदेव चौधरी, खेमराज अधिकारी, तेज नारायण चौधरी लगायतले बाख्रा बितरण गरेका थिए । यस अघि भएको कार्यक्रममा वडा अध्यक्ष चौधरीले गरिबी निवारणका लागि आय आर्

    • प्रकाशित मितिः असार १७, २०७९
    • २८० पटक पढिएको
    • नेपाल रेखा
  • रासायनिक मल कारखाना संचालन गर्नेलाई प्रदेश सरकारले सहयोग गर्ने

    कुमोद अधिकारीविराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले  रासायनिक मल कारखाना स्थापनामा गर्न चाहेमा आवश्यक  सहयोग गर्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारण  सभाको विराटनगरमा उद्घाटन गर्दै उनले मुलुकको कृषि उत्पादनमा वृद्धि गर्नका लागि अन्य उद्योग सरह मल उद्योग स्थापनामा सहज व्यवस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।   मुख्यमन्त्री राईले  राष्ट्रियताको लागि मुलुक आर्थिक रुपमा  सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्र लगायत सबैसँग हातेमालो गर्न सरकार तयार रहेको बता

    • प्रकाशित मितिः असार १६, २०७९
    • ३७ पटक पढिएको
    • नेपाल रेखा
  • व्यावसायलाई निरन्तरता दिन सुन्दरहरैंचाका नगर प्रमुखको आग्रह

    मोरङ । सुन्दरदुलारी उद्योग वाणिज्य संघको सम्पन्न अधिवेशनवाट चयन भएको नयाँ कार्य समितिको पदस्थापना कार्यक्रम भएको छ । मोरङको गोकर्ण रिसोर्टमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापना गराइएको हो । उद्योग वाणिज्य संघ सुन्दरदुलारीका नव निर्वाचित कार्यसमितिका अध्यक्ष जीवनप्रसाद ढुंगानाको अध्यक्षता तथा सुन्दरहरैचा नगपालिकाका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।पदस्थापना कार्यक्रमका प्रमुख अतिथी गुरागाईले व्यवसायीहरुका लागि विगत केही वर्ष देखि सन्तोषजनक अवस्था नगरहेको वताए । उनले विगतमा कोराना कहर र हाल अर्थतन्त्रमा देखिएको वित्तिय संकटले पनि व्यवसा

    • प्रकाशित मितिः असार ८, २०७९
    • २८ पटक पढिएको
    • नेपाल रेखा
  • रामधुनी नगरपालिकाले दियो सहकारीलाई मिल्क क्यान

    धिरेन्द्रकुमार चौधरी रामधुनी । सुनसरीको रामधुनी नगरपालिका कार्यालयको पशु सेवा शाखाको आयोजनामा नगर क्षेत्रमा क्रियाशिल दुग्ध सहकारी संस्थालाई आबश्यक सामग्री मिल्क क्यान बितरण गरिएको छ ।शुक्रबार एक कार्यक्रमकाबीच रामधुनी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शंकरलाल चौधरीले दुग्ध सहकारी संस्थालाई क्यान वितरण गरेका हुन् । मिल्क क्यान पाउने रामधुनी–१ मा रहेकोे बर्षा कृषि तथा पशुपालन फर्म २ वटा, रामधुनी–३ मा रहेको सौरभ बहुउद्देश्यीय कृषि फर्म २ वटा, रामधुनी–४ मा रहेको दुग्ध उत्पादन सहकारी संस्था १२ वटा रहेका छन् । त्यसैगरी रामधुनी–५ मा रहेकोे महालक्ष्मी कृषि फर्म २ वटा र रामधुनी

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • २१० पटक पढिएको
    • नेपाल रेखा
  • होटल व्यवसायीले मागे व्याज छुट

    इटहरी । पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने होटल व्यवसाय सञ्चालनलाई सहज बनाउन सरकारले ब्याज छुटको नीति ल्याउनुपर्ने पूर्वका होटल व्यवसायीले माग गरेका छन् ।कोभिडकाकारण दुई वर्षसम्म थलिएको होटल व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सरकारले बैंक ब्याजमा छुट्को व्यवस्था गर्नु पर्ने व्यवसायीहरुले माग गरेका हुन् ।होटल इनटुरिस प्लालेसका सञ्चालक तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले सरकारले बैंक ब्याज ४ प्रतिशतको सुविधालाई निरन्तरता दिनु पर्ने बताए । सरकारले एक वर्षका लागि मात्र ४ प्रतिशत होटल व्यवसायका लागि ब्याज सुविधा दिएको थियो ।इटहरीमा रहेको होटल इनटुरिस प्यालेसको तेस्र

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • १३२ पटक पढिएको
    • नेपाल रेखा
  • कृषिको विकास, उद्योग विस्तार, बेरोजगारीको अन्त्य, ऊर्जाको उन्नयन

    काठमाडौं । संघिय सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ ।स्रोत जुटाउन सरकारले राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । दुई खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने जनाएको छ । बजेटमा गठबन्धन सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकास, उद्योग क्षेत्रको विस्तार, बेर

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • ९९ पटक पढिएको
    • नेपाल रेखा
  • यी हुन् बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य आधारहरू

    इटहरी । बजारमा धेरै थरीका सिमेन्ट पाइन्छन् । तर, पछिल्लो समय सर्वाधिक चर्चामा रहेको सिमेन्ट हो, बन्धन सिमेन्ट । घर, पुल एवम् ठुला परियोजना आदि निर्माण गर्दा उच्च गुणस्तरको सिमेन्ट पहिलो रोजाइमा पर्छ । बन्धन सिमेन्ट उच्च गुणस्तरीय एवम् वातावरणमैत्री भएकै कारण प्रयोग कर्ताहरूको पहिलो रोजाइमा पर्दै आएको यसको उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले दाबी गर्दै आएको छ ।कम्पनीले गुणस्तर सुनिश्चितताका लागि हर सम्भव उपाय अपनाएको पाइन्छ । उत्पादक कम्पनीसँग बन्धन सिमेन्ट उत्कृष्ट एवम् गुणस्तरीय सिमेन्ट हो भन्ने मुख्य आधारहरू निम्न रहेका छन् । गुणस्तर चिन्ह नेपाल सरकारले गुणस्तर परीक्षण गरी गुण

    • प्रकाशित मितिः चैत्र २८, २०७८
    • ९७ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीको यीप्पील्याण्ड वाटरपार्क बिहिवार बाट पुनः सञ्चालनमा

    नेपालरेखा / इटहरी । कोरोना कहरका कारण लामो समय देखि बन्द रहदै आएको पूर्वी नेपालको इटहरीमा रहेको इप्पील्याण्ड वाटर पार्क बिहीबार देखि सञ्चालनमा आउने भएको छ । गत वैशाख महिना देखि कोरोना कहरका कारण बन्द रहदै आएको नेपालमै सबै भन्दा वढी वाटर स्लाइड, जिपलाइन, रक क्वाम्बीङ्ग, जुरासिक पार्क लगायतका खेल तथा मनोरञ्जन लिन सकिने इप्पील्याण्ड पुनः सञ्चालनमा ल्याईने कुराको जानकारी वुधवार पत्रकार सम्मेलन मार्फत गराइएको हो । पत्रकार सम्मेलनमा लामो समय सम्म बन्द गर्नु परेपनि आफुहरुले केही समय मात्र सञ्चालन गर्दा आन्तरिक तथा छिमेकी मुलुक भारतबाट घुम्न आउनेहरुको संख्या उल्लेखीय रहेका कारण पार्कलाई अझ विस्तार

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • ३९ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]