इटहरीमा श्रम संसार वेब पोर्टल सञ्चालन विषयमा छलफल

  • चैत १५, २०८० / नेपाल रेखा
alt

इटहरी । रोजगारी खोज्ने र रोजगारी दिने दुवैलाई सहज बनाउने उद्देश्यले सुनसरीको इटहरीमा श्रम संसार वेब पोर्टल सञ्चालन विषय केन्द्रित अन्तरक्रिया गरिएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा आसमान नेपालको सहकार्यमा श्रम संसार वेब पोर्टल सञ्चालन विषयक अन्तरक्रिया आयोजना गरिएको हो ।
श्रम सम्वन्धी सूचनाहरुलाई प्राथमिकतामा राखेर रोजगारीका अवसर खोज्नेहरु साथै रोजगारदाताहरुलाई समेत सहज बनाउने उद्देश्य राखिएको श्रम संसार वेब पोर्टल सञ्चालनले रोजगारदाता तथा रोजगार खोज्ने दुवैलाई फाइदा पुग्ने सरोकारवालाहरुले अपेक्षा गरेका छन् । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा भएको अन्तरक्रियामा इटहरी क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्ने ३० जनाको सहभागिता रहेको थियो । होटल व्यवसायमा कामदारहरुको आवश्यकता पर्दा कसरी कामदार खोज्ने भन्ने समस्या समेत हुदै आएकोमा वेब पोर्टल सञ्चालन गरे सहज हुने विश्वासले कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयसंग आग्रह गरेर कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष पुरीले जानकारी दिए । कार्यक्रममा इटहरी होटल तथा लज व्यवसायी समितिका महासचिव दीपक पोखरेल, आसमान नेपालका कार्यक्रम अधिकृत किरण चौधरी, रोजगार सूचना केन्द्रका राजिव चौधरी लगायतले बेब पोर्टलका सञ्चालनका विषयमा बोलेका थिए ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]