काठमाडौं । सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच, पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।शनिबार गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्प पीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय दिन बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार तथा उपचारका कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने निर्णय पनि गरेको छ । बैठकले ११ बुँदे निर्णय गरेको छ ।यसैगर
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गर्नुभयो ।भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै भ्रमणका क्रममा उहाँले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ
विराटनगर । अमेरिकाको न्यूयोर्क महानगरसंग भगीनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दिर्घकालिन समस्याका रुपमा रहेका बाढी, डुवान, सुकुम्वासी, सडक निर्माण र फोहर व्यावस्थापनमा सहकार्य हुने विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले बताएका छन् । अमेरिकाका विभिन्न महानगरका मेयरहरुसंग तीन तीन महिनामा इन्टरनेट मार्फत बैठक समेत गर्ने सहमति भएको छ । ती बैठकहरुबाट समेत सहयोग आदान प्रदान हुन्छ । अहिले महानगर पालिकाको कार्यालय र वडाहरुबाट प्रवाह भइरहेको सेवा लिन अहिले सेवाग्राहीहरु भौतिक रुपमा नै उपस्थित हुनु पर्ने बाध्यता छ । तर न्यूयोर्कमा दिनभरि कार्यालयमा कुनैपनि सेवाग्राही नै नभेटिने गरि उनीहरुले सम्
काठमाडौँ । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ । पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उहाँले सो ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको हो । नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ ।
विराटनगर । विराटनगर महानगरपालिकाले सेवामूलक विभिन्न संघसंस्थाहरुलाई विद्युतीय चुल्हो वितरण गरेको छ । विराटनगर महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीसहित सम्बन्धित वडाका वडाध्यक्षले विद्युतीय चुल्हो वितरण गरेका हुन् । महानगरमा १५७ वटा माग भएर आएकोमा बिहीवार १३९ वटा चुल्हो वितरण गरिएको वडा नम्बर ३ का वडाध्यक्षसमेत रहेका वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेतले जानकारी दिए । एउटा संस्थालाई बढीमा १० वटासम्म चुल्हो वितरण गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी ४२ हजारको धान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेक
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए । प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने,“प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ । हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ । तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ । प्रहरीले शौच गर्न नपाउने, खान नप
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ ।आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य तुल्याउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न स्थानीय तहबाट नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने मस्यौदा तयार भएको हो ।मस्यौदामा कुनै स्थानीय तहले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा स्थानीय तहको भौत
काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो । ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।नेपालको संविधानको
इटहरी । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर सुनसरीको इटहरीमा प्रजनन स्वास्थ्य सम्वन्धी अनुशिक्षण कार्यक्रमको आयोजना गरियो ।श्रमिक महिला साझा मञ्च नेपालको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा बालिकाहरुलाई महिनावारी लगायतका विषयमा जानकारी गराउने उद्धेश्य सहितको एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।अनुशिक्षण कार्यक्रममा नेपाल परिवार नियोजन संघ इटहरीकी स्वास्थ्य अधिकृत रानु राउतले बालिकाहरुलाई महिनावारी लगायतका विषयमा सहजिकरण गरेकी थिइन् । श्रमिक महिला साझा मञ्च नेपालकी अध्यक्ष मञ्जु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ५० जना बालिकाहरुको सहभागिता रहेको श्रमिक मह