मेयर कोइरालाको नेतृत्वमा प्रधानमन्त्रीपार्कसहितका ठूला परियोजना अनुगमन

  • पुस ५, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ ।
बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुगेका मेयर कोइरालाले निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए ।
मेयर कोइरालाले निर्माणलाई तीव्रता दिन निर्देशनसमेत दिनु भएको थियो । त्यसैगरी सोही टोलीले विराटनगर–४ स्थित धावाबन्दी(इक्राही)को सडकको समेत अनुगमन गरेको थियो । जग्गा विवाद हुँदा सो स्थानमा सडक निर्माण अवरुद्ध भएको छ । मेयर कोइरालासहितको टोलीले निर्माणस्थलमै पुगेर स्थानीयसित छलफलसमेत गरेको छ । महानगरको प्राविधिकले नक्साअनुसार नापेर छुट्याएपछि निर्माण सुरु गर्ने स्थानीयसित सहमति भएको छ । त्यसैगरी बुधबार नै मेयर कोइराला र उपमेर कार्कीसहितको टोलीले विराटनगर–६ स्थित शान्तिचोक–केशलिया रोड सडकको समेत अनुगमन गरेको छ । महानगरको करिब ४ करोडको लागतमा निर्माण भइरहेको सो सडक चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । महानगरको आन्तरिक स्रोतबाट निर्माण भइरहेको उक्त सडक विएफएम दक्षिणमा नाला विवाद रहेको छ ।
टोलीले स्थानीय घरधनीसित छलफल गरेपछि सडक निर्माण अगाडि बढाउने समझदारी भएको छ । महानगरको बहुवर्षीय योजनाअन्तर्गत प्रधानमन्त्रीपार्कसहित ४ करोडभन्दा माथिको लागतमा मण्ठापोखरी, रानीपोखरी, बाल उद्यान, सन्ध्याकालीन आरती, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालयलगायत धमाधम निर्माण भइरहेको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]