समाचार

    Showing 221-230 of 650 items.
  • सेनाका तस्बिर तथा युनिट विशेष प्रदर्शनी

    काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ । सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालय

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 122 पटक पढिएको
    • नेपाल रेखा
  • जेष्ठ नागरिकलाई ज्याकेट तथा स्वेटर वितरण

    कुमोद अधिकारी विराटनगर । मोरङको धनपालथान गाउंपालिका वडा नम्बर २ को आयोजनामा २ सय ८० जना लक्षित वर्गलाई न्यानो कपडा वितरण गरिएको छ । अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिक गरिव विपन्न तथा असहाय र एकल महिलालाई सो वडाले स्वीटर र ज्याकेट वितरण गरेको हो ।१ सय ४० जना पुरुषलाई ज्याकेट तथा १ सय ४० जना महिलालाई स्वीटर वितरण गरिको वडा न २ का वडा अध्यक्ष पंकजकुमार मण्डलले बताउनु भयो । जेष्ट नागरिककालागि जाडोको कपडा वितरणका लागि सो वडाले तीन लाख वजेट विनीयोजित गरेको थियो । सोही रकमबाट स्वीटर र ज्याकेट वितरण गरिएको वडा अध्यक्ष मण्डलले बताउनु भयो ।

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 136 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरले पेट्रोल मोटरसाईकललाई विद्युतीयमा रुपान्तरण गर्यो

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ ।सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरण गरेको हो ।पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरेको हो । उपमहानगरपालिकाले सम्याती इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर रुपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवा

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 212 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ व

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 118 पटक पढिएको
    • नेपाल रेखा
  • घरभित्रै ‘क्लब’ र पैसाको थुप्रो बनाएर बसेका बम्जन पक्रने कमान्डर डिएसपी भण्डारीको अन्तरकथा

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी ।उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन् । उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ । हत्या, अपहरण, बलात्कार, बम बिस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ । No ads found for this position उनै भण्डारीको नेतृत्वमा मंगलबार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ हात्तीगौंडा पुगेका थिए ।बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका–१२ हो । ३४ वर्षीय उनको नाम रामलाल बमजन हो । तर, उनी रामबहादुर

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 141 पटक पढिएको
    • नेपाल रेखा
  • नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट हिजो साँझ पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु त

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 143 पटक पढिएको
    • नेपाल रेखा
  • मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

    काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 117 पटक पढिएको
    • नेपाल रेखा
  • मेयर कोइरालाको नेतृत्वमा प्रधानमन्त्रीपार्कसहितका ठूला परियोजना अनुगमन

    विराटनगर । विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ । बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुगेका मेयर कोइरालाले निर्माणको पछिल्

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 147 पटक पढिएको
    • नेपाल रेखा
  • स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ–प्रधानमन्त्री दाहाल

    पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउँदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ भन्नुभएको हो । “नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ, समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त

    • प्रकाशित मितिः पुस २, २०८०
    • 119 पटक पढिएको
    • नेपाल रेखा
  • मङ्गोलियामा प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन

    मंगोलीया । मङ्गोलियाले प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन शुरु गर्ने भएको छ । शिक्षा तथा विज्ञान मन्त्रालयले सोमबार जनाए अनुसार जाडो मौसम र फ्लुको उच्च प्रकोपका कारण, पहिलोदेखि पाँचौं कक्षाका सबै विद्यार्थीहरूका लागि सोमबारदेखि दुई हप्ताससम्म अनलाइन कक्षा सञ्चालन गरिने छ ।साथै, ६ कक्षादेखि बाह्रसम्मका विद्यार्थीहरूका लागि डिसेम्बर २५ देखि जाडो बिदाको शुरुवातसम्म चल्ने अनलाइन कक्षाहरू एक हप्तासम्म चल्ने छ। गत हप्ताको शुरुदेखि रूसको साइबेरियाबाट शुरु भएको कडा चिसो फ्रन्टले मङ्गोलियाका व्यापक क्षेत्रहरूमा फैलिरहेको छ जसले तापमान घटेको छ भने कडा हावा र हिमपात ल्याएको छ।देशभरका अस्पतालहरूमा, विशेष

    • प्रकाशित मितिः पुस २, २०८०
    • 206 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]