इटहरी । इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालले १ दिने निःशुल्क स्वास्थ्य शिविर सोमबार संचालन गरेको छ ।
अस्पताल परिसरमै संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट ग्रसित ३ सय जनाले आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गराएका छन् ।
शिविरमा थाराईड ५३ जनाले चेकजाँच गराएका छन् । त्यसैगरि, सुगर, किड्नीको चेक जाँच पनि गरिएको अस्पतालका कार्यवाहक अध्यक्ष डा लक्ष्मण बिकले जानकारी दिए ।
शिविरमा फिजीशियन डा विक्रमकुमार गुप्ता, डा दीपक चौधरीले सेवा दिएको अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर जयप्रकाश उरावले जानकारी दिए । ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको दैनिक निःशुल्क सुगर चेकजाँच गरिने एकीकृत इन्खा अस्पतालले जनाएको छ । अस्पतालले स्थपनाको समयदेखि नै ग्रामिण क्षेत्रमा समेत गएर पनि निःशुल्क स्वास्थ्य सेवा दिदै आएको छ ।