इटहरी । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाबाट अतिरिक्त रकम लिने गरेको आशंका नगरवासीले गरेका छन् ।प्रशासकीय अधिकृतले नगरपालिकाबाट निर्णय गराएर २५ हजार रकम लिने गरेको व्यापक जनगुनासो आएपछि अतिरिक्त रकम लिनुको कानूनी आधार र मापदण्ड प्रष्ट पार्न नगरपालिकासंग माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामधुनी नगर कमिटिले जनताको गुनासो सम्बोधन गर्नुपर्ने भन्दै मंगलबार विविध १४ बुँदामा नगर प्रमुख शंकरलाल चौधरी प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसमक्ष ‘सार्वजनिक महत्वको सूचना’ माग गरेको छ ।नगर कमिटिले अध्ययन प्रयोजनका लागि नेपालको संविधानले व
विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ । भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको महानगरले विराटनगर–१५ स्थित रानी अस्पतालमा एकपछि अर्को सेवा विस्तार गरिरहेको छ । केही महिना अगाडिबाट फिजियोथेरापी सञ्चालनमा ल्याएको महानगरले सोही अस्पतालमा भिडियो एक्स–रे सेवा पनि सुरु गरेको हो । महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँले स्वास्थ्य बिमामार्फतबाट पनि भिडियो एक्स–रे गरिने जानकारी
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ ।कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ । यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिती सृज
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरी र नेपाल फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको जनाएको छ ।भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनु भयो ।भेटमा मन्त्री चौधरीले भन्नुभयो,‘यो वर्ष ह
पर्वत । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ ।आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ”,उहाँले भन्नुभयो । मन्त्री गिरीले कतिपय नीति तथा कानून अहिलेको परिस्थिति प्रतिकुल रह
इटहरी । सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । इटहरी–६ का विष्णु खड्काको घरमा शनिबार राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता)सम्बन्धी औषधि सेवन गर्दै आउनुभएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ल
विराटनगर । बूढीगङ्गा गाउँपालिका–४ को भित्री सडकमा आज बिहान भारतीय लहरी पल्टिँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मार्वल लोड गरेको भारतीय लहरी नं आर जे २९ जीवि १५६१ पल्टिँदा च्यापिएर सोही स्थानका ६० वर्षीया ज्योति अधिकारीका चार वर्षीया इसिता अधिकारी, चार वर्षीय निशान्त अधिकारी एवं सोही स्थानका सञ्जु खवासको आठ वर्षीय छोरा रिहा खवासको मृत्यु भएको छ । घाइते ज्योतिको स्थानीय विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ लहरीका चाल
इटहरी । इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालले १ दिने निःशुल्क स्वास्थ्य शिविर सोमबार संचालन गरेको छ ।अस्पताल परिसरमै संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट ग्रसित ३ सय जनाले आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गराएका छन् ।शिविरमा थाराईड ५३ जनाले चेकजाँच गराएका छन् । त्यसैगरि, सुगर, किड्नीको चेक जाँच पनि गरिएको अस्पतालका कार्यवाहक अध्यक्ष डा लक्ष्मण बिकले जानकारी दिए । शिविरमा फिजीशियन डा विक्रमकुमार गुप्ता, डा दीपक चौधरीले सेवा दिएको अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर जयप्रकाश उरावले जानकारी दिए । ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको दैनिक निःशुल्क सुगर चेकज
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिनुभयो । सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको ज
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उहाँहरुले राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिको गतिमा रहेको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बैठकको विशेष समयमा सांसद कुमार दसौदीले जनतालाई आशा र विश्वास जगाउने कार्यक्रमका लागि सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिले गति लिन सक्नुपर्छ । कह