संगित चोकका व्यवसायीलाई वितरण गरियो आगलागी नियन्त्रण गर्ने सिलिण्डर

  • जेठ १, २०८१ / नेपाल रेखा
alt

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न इटहरी उपमहानगरपालिकाको वडा नम्बर ६ ले आगो निभाउने सिलिन्डर वितरणको काम सुरुवात गरेको छ ।
इटहरी ६ कै संगित चोक बजार क्षेत्रका व्यवसायीहरुको सुरक्षालाई मध्यनजर गर्दै संगीत चोक टोल विकास संस्था र संगीत चोक बजार व्यवस्थापन समितिलाई पहिलो चरणमा ६ थान सिलिण्डर हस्तान्तरण गरिएको हो ।
समिति मार्पmत यस क्षेत्रमा आगलागीबाट बचाउन सहज होस् भन्ने उद्देश्यले संगीत चोक टोल बिकास समितिका अध्यक्ष हेमसागर सुवेदी र बजार व्यवस्थनपनका अध्यक्ष प्रविण जयसवाललाई इटहरी उप महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष दिवश पोखे्रल र वडा सचिव घनश्याम गिरीले हस्तान्तरण गरेका थिए ।
इटहरी वडा नम्बर ६ मा धेरै जसो बजार क्षेत्र रहेकोछ । बजार क्षेत्रमा आगलागी घटनाहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर यस्तो कदम चालिएको वडाले जनाएको छ । विगतमा इटहरीमा आगलागीबाट धेरै क्षति भएका घटनाहरु छन् । यस्ता घटनाबाट हुने क्षतितर्फ मध्यनजर गर्दै वडा नम्बर ६ ले आगो निभाउने फायर फाइरिङ सिलिन्डर इटहरी बजार क्षेत्रमा पहिलो ५० थान वितरण गरिने अध्यक्ष दिवश पोखे्रलले बताए ।
त्यस्तै, बजार व्यबस्थापन समितिका अध्यक्ष जयवालले तत्कालको लागि वडाले गरेको यो कामको प्रसंशा गरेका छन् । वडा नम्बर ६ ले व्यापारीहरुलाई सहयोग गरेकोमा व्यापारीहरुले खुसि व्यक्त गरेका छन् ।
संगित चोक क्षेत्र रात्रिकालिन बजार प्रस्ताव भइरहेको हुदा आगलागीबाट सुरक्षित राख्न यस सिलिन्डरबाट राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Silindar NRP1

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]