राउण्ट टेवल नेपालद्वारा २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

  • जेठ ४, २०८१ / नेपाल रेखा
alt

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
राउण्ट टेवल नेपाल एरिया–२ ले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभयो । सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ट टेवलको अभियानअन्तर्गत एरिया–२ अन्तर्गत विराटनगरका दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको एरिया संयोजक विवेक राठीले जानकारी दिनुभयो । सगरमाथा शिक्षादीप सेकेण्डरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख ४० हजार र होलील्याण्ड सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थीका लागि ७० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । मेयर कोइरालाले सो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
हरेक विद्यार्थीलाई ७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको राठीले जानकारी दिनुभयो । राउण्ट टेवल नेपालले देशभर हरेक वर्ष १ हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत ३ वर्षदेखि छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको प्रोजेक्ट संयोजक गौरव दुगडले बताउनुभयो । एरिया–२ मा ७ वटा राउण्ट टेवल छन् । जसमा विराटनगरमा ५, धरान र विर्तामोडमा १–१ वटा राउण्ट टेवल क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । राउण्ट टेवल नेपालले एरिया–२ मा २ सय ५० जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ । कार्यक्रममा मेयर कोइरालाले शिक्षा क्षेत्रमा राउण्ट टेवल नेपालले महत्वपूर्ण कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]