समाचार

    Showing 101-110 of 655 items.
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् । पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट ३५ लाख ६९ हजार र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ७५ हजार लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान

    • प्रकाशित मितिः असार १, २०८२
    • 627 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल बुद्धिजीवी सङ्गठनको प्रदेश १ सम्मेलन सम्पन्न

    इटहरी । नेपालको राजनीतिक, सामाजिक र वैचारिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल बुद्धिजीवी संगठनको प्रदेश १ (कोशी) सम्मेलन सुनसरीको इटहरीमा सम्पन्न भएको छ । नरबहादुर कर्माचार्य स्मृति कलेजको सभाहलमा भएको सम्मेलनमा संगठनकी प्रदेश अध्यक्ष राधिका ओझाको अध्यक्षता रहेको थियो । केन्द्रीय सदस्य तिलक कालीकोटेले सञ्चालन गरेका थिए । सो सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् १ नं. (कोशी ) प्रदेश ईन्चार्ज हरिवोल गजुरेल (सितलकुमार), सङगठनका केन्द्रीय अध्यक्ष कृष्ण के.सी., (माओवादी केन्द्र) १ नं. प्रदेश उपाध्यक्ष शिव डाँगी, सङगठनका उपाध्यक्ष एवम् प्रदेश ईन्चार्ज रमेश गुरागाँई

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 522 पटक पढिएको
    • नेपाल रेखा
  • भालुको आक्रमणबाट दार्जुलामा दुई जना घाइते

    खलङ्गा । दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन् । शुक्रबार बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिनुभयो । उहाँका अनुसार कलावती र मानमती सासू बुहारी हुन् । नजिकैको स्थानीय वन बरमुडेलेकबाट आएको भालुले घरभित्र पसेर एक्कासी उनीहरुमाथी आक्रमण गरेको हो । भालुको आक्रमणमा परी घाइते कलावतीको ढाड र मुखमा चोट लागेको छ । भालुको आक्रमणबाट बच्न भाग्दा लडेर मानमतीसमेत घाइते भएका छिन् । घाइते दुवै जना

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 579 पटक पढिएको
    • नेपाल रेखा
  • झोराहाटमा मिनी महोत्सव हुने

    बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका झोराहाट अन्तर्गतको दुर्गा आधारभूत विद्यालयको सहयोगार्थ जेष्ठ १९ गतेदेखि असार ५ गतेसम्म मिनी महोत्सव हुने भएकोछ । महोत्सवको तयारीबारे शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सो महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार लगायत स्थानीय जातजातिका गीत, संगीत, साँस्कृतिको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा सांगीतिक कार्यक्रम हेर्नका लागि प्रत्येक दिन बेलुका ५ बजेबाट प्रवेश शुल्क सहयोगार्थ १ सय लाग्ने आयोजकले जनाएको छ । मिनी महोत्सवमा स्थानीय जातजातिका परिकार, मनोरञ्जनका लागि रोटे पिङ्ग लगायत खेल सामग्रीहरू रहने छन् । मह

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 679 पटक पढिएको
    • नेपाल रेखा
  • अदानचुली गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

    हुम्ला । अदानचुली गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । छवटै वडा पूर्णखोप सुनिश्चित भइसकेको र त्यहाँ गाउँपालिकास्तरबाट अनुगमन गर्दा निर्धारित उमेर समूहका बालबालिकाले पूर्णखोप लगाएको पाइएपछि आज गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।पालिकाका स्वास्थ्य संयोजक विनोद बुढाले गाउँँपालिकाका छवटै वडा पूर्णखोप सुनिश्चित घोषित भएकाले आज एक औपचारिक कार्यक्रम आयोजना गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको जानकारी दिनुभयो । गाउँपालिकाका सातवटा खोप केन्द्रमार्फत खोप दिइरहेकाले सबै खोप केन्द्र हुँदै दुईवटा स्वास्थ्य चौकी र त्यसपश्चात् छवटै वडा घोषणा गरिसकेपश्चात् पूर्णखोप घोष

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 412 पटक पढिएको
    • नेपाल रेखा
  • झुम्कामा आधारभूत अस्पताल संचालनमा

    धिरेन्द्रकुमार चौधरी रामधुनी । रामधुनी नगरपालिका झुम्का सुनसरीबाट स्थापित झुम्का आधारभूत अस्पतालको सोमबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले एक समारोह बिच अस्पतालको उद्घाटन गरे । समारोहमा नगरपालिका उपप्रमुख तारा थापा, नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी, वडा अध्यक्ष र सदस्यहरुको सहभागिता रहेको थियो ।नगरपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख सुलोचना चौधरीले रामधुनी–५ मा रहेको कोभिड अस्पताल यहाँ सारिएको जानकारी दिइन् । उनले एक जना मेडिकल सुपरिटेन्डेन्ट लगायत सात जना प्राबिधिकले इमर्जेन्सी स्वास्थ्य से

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 756 पटक पढिएको
    • नेपाल रेखा
  • कानुन कलेजमा कानुन दिवसमा कानुनका कुरा

    विराटनगर । मनमोहन विश्वविलायको र्ईन्स्टिच्युट अफ ल कलेजले कानुन दिवसको अवसरमा कानुनबारे हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । शुक्रबार ७३ औ राष्ट्रिय कानुन दिवसको अवसरमा विश्वविद्यालयको मनमोहन ईन्स्टिच्युट अफ लको विराटनगर शनिहाट स्थित काुनन कलेजमा विद्यार्थीहरु विच काुननबारे हाजिरी जवाफ प्रतियोगिता आयोजना भएको हो । स्नातक तहको विविए एलएलबीमा अध्यनरत विद्यार्थीहरुलाई पढेका कानुनी कुराहरु स्मरण गराउन हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल कोषराज न्यौपानेले बताए । अध्यनरत विद्यार्थीलाई छ वटा समूहमा विभाजन गरेर कानुनबारे हाजिरी जवाफ प्रतियोगिता मार्फत पढेका बिषयहरुबाट प्रश्नहरु

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 743 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा

    विराटनगर । विराटनगर महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ ।बुधबार बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको हो । महानगरका सबै वडाहरुमा (० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई) घरधुरी सर्वेक्षणमार्फत खोजी गरी खोप लगाएको नलगाएको यकिन गरिएको थियो । सर्वेक्षणका क्रममा १५ महिना मुनिका शून्य डोजका ५ जना बच्चा, ७७ जना ड्रप आउट बच्चा, १६ देखि ५९ महिनाका शून्य डोजका १० जना बच्चा र ३७९ जना ड्रप आउट बच्चाहरुलाई राष्ट्रिय खोप तालिकाबमोजिम खोप लगाई वडाहरुबाट पूर्णखोप स

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 513 पटक पढिएको
    • नेपाल रेखा
  • मोबाइल र टर्च चार्ज गरेको रु १० !

    महादेव अवस्थीकञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ ।विसं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट वञ्चित छन् । आरक्ष विस्तारको क्रममा जिल्लाको विभिन्न स्थानबाट विस्थापित भएर यहाँ बस्दै आउनुभएका नागरिकहरू राज्यबाट पाउने आधारभूत सेवा सुविधाबाट वञ्चित भएको बताउँछन् । “हामी अँध्यारोमा बस्न बाध्य छौँ निकुञ्जले यहाँ सोलार समेत लगाउन दिँदैन,” ढक्का शिविरका रामदास चौधरीले भन्नुभयो, “हामी मोबाइल र टर्च चार्ज गर्न अर्को गाउँ जानुपर्छ त्यहाँ मोबाइल र ट

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 529 पटक पढिएको
    • नेपाल रेखा
  • पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम

    जनकपुरधाम । धनुषाका पाँच स्थानीय तहका पिछिडिएका समुदायको उत्थानका निम्ति विविध स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिएको छ । ‘प्लान इन्टरनेसनल नेपाल’ नामक संस्थाले शिक्षा, स्वास्थ्य सेवाका साथै सीपमूलक तालिम प्रदान गरेको हो ।विदेह, सहिद, कमला, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा चार करोड ९८ लाख ७८ हजार ३११ खर्च गरेर ती कार्यक्रम सञ्चालन गरेको हो । अपाङ्ग, बालबालिका, महिला, युवा तथा बेरोजगारलाई लक्षित गरेर शिक्षा, स्वास्थ्य तथा उद्यमशीलता र रोजगारसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाका कार्यक्रम अधिकृत वेदप्रसाद भूर्तेलले राससलाई बताउनुभयो । परियोजना सञ्चालित स्थानीय तह

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 384 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]