माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक

  • असार १३, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ-  माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो ।

गत बर्ष भन्दा उतिर्ण हुने नतिजा बढेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

सवैभन्दा बढी गणित शिक्षमा ननग्रेड भएका छन ।

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यपालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा  गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

नतिजा कसरी हेर्ने 
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR तथा Website मा हेर्ने सकिने ब्यवस्था बोर्डले गरेको छ ।
SMS का लागि
१६००
३५००१
३१००३
३४४५५
३४९४९
नतिजा हेर्ने Website हरु
रा.प. बोर्ड, परीक्षा नियन्त्रण कार्यालय
www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी
www.neb.gov.np
नेपाल टेलिकम
www.see.ntc.net.np

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]