समाचार

    Showing 91-100 of 650 items.
  • यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान

    काठमाडौँ । इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए । कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिना भन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिनुभयो । “झुल, धुप व

    • प्रकाशित मितिः असार १९, २०८२
    • 389 पटक पढिएको
    • नेपाल रेखा
  • हात्तीको आक्रमणबाट मृत्यु

    झापा । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार १९, २०८२
    • 426 पटक पढिएको
    • नेपाल रेखा
  • माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक

    काठमाडौँ-  माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो । गत बर्ष भन्दा उतिर्ण हुने नतिजा बढेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् । सवैभन्दा ब

    • प्रकाशित मितिः असार १३, २०८२
    • 456 पटक पढिएको
    • नेपाल रेखा
  • विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

    गुल्मी । विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए रातिनै उहाँहरूलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी

    • प्रकाशित मितिः असार १३, २०८२
    • 449 पटक पढिएको
    • नेपाल रेखा
  • काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

    बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा ४७९ घर बाढीपहिराको उच्च जोखिममा परेका छन् । सडक छेउ र खोला किनारका घर बाढीपहिराको उच्च जोखिममा परेका हुन् । सबैभन्दा बढी काठेखोला–७ रेशमा र वडा नं ६ तल्लो बिहुँका घर जोखिममा परेका गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ७ रेशमा १२६ र वडा नं ६ तल्लो बिहुँमा नौ घर बाढीपहिरोको जोखिममा परेका छन् । रेशका ६० घर पहिरो जाने भिरालो जमिनमा रहेका र ६६ वटा बस्तीको छेउछाउ मोटरबाटोका कारण जोखिममा रहेका प्रवक्ता विकले बताउनुभयो । तल्लो बिहुँका नौ वटा घर भिरालो जमिनमा रहेकाले जोखिममा परेका उहाँले जानकारी दिनुभयो । आठ वट

    • प्रकाशित मितिः असार १०, २०८२
    • 504 पटक पढिएको
    • नेपाल रेखा
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् । पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट ३५ लाख ६९ हजार र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ७५ हजार लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान

    • प्रकाशित मितिः असार १, २०८२
    • 601 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल बुद्धिजीवी सङ्गठनको प्रदेश १ सम्मेलन सम्पन्न

    इटहरी । नेपालको राजनीतिक, सामाजिक र वैचारिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल बुद्धिजीवी संगठनको प्रदेश १ (कोशी) सम्मेलन सुनसरीको इटहरीमा सम्पन्न भएको छ । नरबहादुर कर्माचार्य स्मृति कलेजको सभाहलमा भएको सम्मेलनमा संगठनकी प्रदेश अध्यक्ष राधिका ओझाको अध्यक्षता रहेको थियो । केन्द्रीय सदस्य तिलक कालीकोटेले सञ्चालन गरेका थिए । सो सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् १ नं. (कोशी ) प्रदेश ईन्चार्ज हरिवोल गजुरेल (सितलकुमार), सङगठनका केन्द्रीय अध्यक्ष कृष्ण के.सी., (माओवादी केन्द्र) १ नं. प्रदेश उपाध्यक्ष शिव डाँगी, सङगठनका उपाध्यक्ष एवम् प्रदेश ईन्चार्ज रमेश गुरागाँई

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 506 पटक पढिएको
    • नेपाल रेखा
  • भालुको आक्रमणबाट दार्जुलामा दुई जना घाइते

    खलङ्गा । दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन् । शुक्रबार बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिनुभयो । उहाँका अनुसार कलावती र मानमती सासू बुहारी हुन् । नजिकैको स्थानीय वन बरमुडेलेकबाट आएको भालुले घरभित्र पसेर एक्कासी उनीहरुमाथी आक्रमण गरेको हो । भालुको आक्रमणमा परी घाइते कलावतीको ढाड र मुखमा चोट लागेको छ । भालुको आक्रमणबाट बच्न भाग्दा लडेर मानमतीसमेत घाइते भएका छिन् । घाइते दुवै जना

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 548 पटक पढिएको
    • नेपाल रेखा
  • झोराहाटमा मिनी महोत्सव हुने

    बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका झोराहाट अन्तर्गतको दुर्गा आधारभूत विद्यालयको सहयोगार्थ जेष्ठ १९ गतेदेखि असार ५ गतेसम्म मिनी महोत्सव हुने भएकोछ । महोत्सवको तयारीबारे शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सो महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार लगायत स्थानीय जातजातिका गीत, संगीत, साँस्कृतिको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा सांगीतिक कार्यक्रम हेर्नका लागि प्रत्येक दिन बेलुका ५ बजेबाट प्रवेश शुल्क सहयोगार्थ १ सय लाग्ने आयोजकले जनाएको छ । मिनी महोत्सवमा स्थानीय जातजातिका परिकार, मनोरञ्जनका लागि रोटे पिङ्ग लगायत खेल सामग्रीहरू रहने छन् । मह

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 665 पटक पढिएको
    • नेपाल रेखा
  • अदानचुली गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

    हुम्ला । अदानचुली गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । छवटै वडा पूर्णखोप सुनिश्चित भइसकेको र त्यहाँ गाउँपालिकास्तरबाट अनुगमन गर्दा निर्धारित उमेर समूहका बालबालिकाले पूर्णखोप लगाएको पाइएपछि आज गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।पालिकाका स्वास्थ्य संयोजक विनोद बुढाले गाउँँपालिकाका छवटै वडा पूर्णखोप सुनिश्चित घोषित भएकाले आज एक औपचारिक कार्यक्रम आयोजना गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको जानकारी दिनुभयो । गाउँपालिकाका सातवटा खोप केन्द्रमार्फत खोप दिइरहेकाले सबै खोप केन्द्र हुँदै दुईवटा स्वास्थ्य चौकी र त्यसपश्चात् छवटै वडा घोषणा गरिसकेपश्चात् पूर्णखोप घोष

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 397 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]