ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • भदौ ९, २०८२ / नेपाल रेखा
alt

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अर्का एकजना घाइते भएका छन् ।
आइतबार साँझ करिब ६ बजेतिर गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना१क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना४३प ८७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीकाअनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनुभयो ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते हुनुभएको छ । उहाँको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रनाउ नेपालले जानकारी दिनुभयो । ट्रक चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–९ घर भएका ३५ वर्षीय तुक्तबहादुर आले र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]