फोटोफिचर

    Showing 61-70 of 226 items.
  • हावाहुरीका कारण मकैबालीमा क्षति

    सुनसरीको इनरुवा नगरपालिका–४ स्थित मकैबालीमा दुई दिन अघिको हावाहुरी तथा असिनाले पुर्‍याएको क्षति । डेढ लाख रुपियाँ लगानी गरेर दुई बिघा जमिनमा लगाएको मकै असिना र हावाहुरीले क्षति गरिदिएको किसान दिनानाथ पण्डितको भनाइ छ । तस्बिर-नवीन गड्तौला-रासस  

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 231 पटक पढिएको
    • नेपाल रेखा
  • पहाडकी रानी बन्दीपुर बजार

    तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरमा पर्यटकहरु यहाँको हावापानी, संस्कृति, रीतिरिवाज र भक्तपुरे शैलीमा निर्माण गरिएको घर देखेर एकदमै आकर्षित हुने गरेका छन् । तस्बिर- सागर गिरी-रासस  

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 114 पटक पढिएको
    • नेपाल रेखा
  • जोखिमपूर्ण चेफाको यात्रा

    सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदीमा बाँसको चेफामा बसेर पानीको बहाव सँगसँगै यात्रा गरिरहेका किसान तथा व्यापारी । सप्तकोसी किनारका भोजपुर, उदयपुर तथा धनकुटाका विभिन्न ठाउँका किसान तथा व्यापारीहरुले यसरी जोखिम मोलेर सप्तकोसीको जलमार्गबाट ल्याएको बाँस सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरा तथा चक्रघट्टी वरपर पुर्‍याएर बिक्री गर्ने गर्दछन् । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 124 पटक पढिएको
    • नेपाल रेखा
  • गहुँ खेतमा नीलगाईको हुल

    सर्लाहीको बसबरिया गाउँपालिका अन्तर्गत पर्ने धनगढा र गोडैता नगरपालिकाको सिसौटियाको बीचमा रहेको गहुँ खेतमा गहुँबाली खान आएको नीलगाईको हुल । नीलगाईको हुल आएर भित्र्याउने बेला भएको गहुँबाली खाएपछि किसान चिन्तित भएका छन्। तस्बिर- विश्वनाथ ठाकुर-रासस  

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 154 पटक पढिएको
    • नेपाल रेखा
  • द्वन्द्व न्यूनीकरणका लागि छलफल

    सुनसरीको वराहक्षेत्र नगरपालिका-९ स्थित काेसीटप्पु वन्यजन्तु आरक्षकाे चेकपाेस्टमा बिहीबार मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि छलफल गर्दै आरक्ष प्रशासन तथा मध्यवर्ती क्षेत्रका स्थानीय । तस्बिर - नवीन गड्ताैला

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 138 पटक पढिएको
    • नेपाल रेखा
  • हावाहुरीले क्षति

    बिहीबार राति हावाहुरीसहित आएको पानीले सुनसरीको इनरुवा नगरपालिका–४ मा पुर्‍याएको क्षति । हावाहुरीले निर्माणाधीन घरको ढलानको तयारी गरिएको छत तथा साना घरको छानो उडाएको छ । तस्बिर- नवीन गड्तौला-रासस

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 217 पटक पढिएको
    • नेपाल रेखा
  • कोसीटप्पुमा पर्यटक

    कोसी प्रदेश पर्यटन मन्त्रालयले आयोजना गरेको कोसी पर्यटन महोत्सवका अवसरमा बिहीबार कोसीटप्पु वन्यजन्तु आरक्षस्थित अर्ना भ्यु पोइन्टबाट अर्ना तथा चरा अवलोकन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरू । तस्बिर- नवीन गड्तौला-रासस  

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 134 पटक पढिएको
    • नेपाल रेखा
  • मन्त्री मेहता -निरीक्षण

    सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालको बुधबार निरीक्षण गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता । तस्बिर - अजितकुमार झा-रासस  

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 248 पटक पढिएको
    • नेपाल रेखा
  • कुम्भकर्ण र कञ्चनजङ्घा हिमाल अवलोकन गर्न सन्दकपुर डाँडामा पर्यटक

    तीन हजार ६३६ मिटर उचाईमा अवस्थित नेपाल-भारत सीमाक्षेत्र इलामको सन्दकपुर डाँडामा कुम्भकर्ण र कञ्चनजङ्घा हिमश्रङ्खला अवलोकन गर्न आएका पर्यटक। सन्दकपुरमा हिजोदेखि यही चैत २३ गतेसम्म रेडपाण्डा महोत्सव सुरु भएकाले पर्यटकको चाप बढेको हो । तस्बिर- रामकुमार लिम्बू-रासस  

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 202 पटक पढिएको
    • नेपाल रेखा
  • कलशयात्रा

    सुनसरीको रामधुनी नगरपालिका-९, मर्चैयास्थित दिनाभद्री मन्दिरको स्थापना दिवसका अवसरमा बुधबार इनरुवामा निकालिएको कलशयात्रा । तस्बिर - नवीन गड्तौला            

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 188 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]